• देबु बानियाँ 

    दाङ । दाङ लेडी जेसीजले आयोजना गरेको रक्तदान कार्यक्रममा १० जना महिलाले रक्तदान गरेका छन् । 
    ‘रक्तदान जीवनदान, मानवताको सेवा नै जीवनो सर्वाेत्तम कार्य’ भन्ने मूल नाराका साथ दाङ लेडी जेसीजको जेसीज सप्ताह अन्तरगत दोस्रो दिन भएको रक्तदान कार्यक्रममा रक्तदान गरेका १० जना मध्ये सबै महिलाको सहभागिता रहेको थियो ।

     रेडक्रसको सोसाइटी दाङको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।  शाखा अध्यक्ष डोमा पाण्डेको सभापतित्व तथा जिल्ला रेडक्रस सोसाइटीका सदस्य प्रकाश श्रीवन्दको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा दाङ लेडी जेसीजकी पूर्व अध्यक्ष विमला शर्मा, त्रिभूवननगर जेसीजका निवर्तान अध्यक्ष दिपक शर्मा, महिला पत्रकारकी सचिव पार्वती बस्नेतपरिवार नियोजनका पूर्व अध्यक्ष बद्री खडकालगायतले बोलेका थिए ।

    कार्यक्रममा, दाङ जेसीज, लमही जेसीजका शाखा अध्यक्ष तथा सदस्यहरुहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।
     कार्यक्रमको संयोजक अञ्जना मल्लले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव ममता विष्टले गरेकी थिइन् ।

    कार्यकारी उपाध्यक्ष शारदा घर्तीले धन्यवाद ज्ञापन गरेकी थिइन् । 
    प्ताह अन्तरगत मंगलवार दृष्टिबिहिन परिवारलाई सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको महासचिव ममता विष्टले बताइन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…