काठमाडौँ । नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र ‘ग’ का निरुपित उपाध्यक्ष टेकराज रेग्मीले आफ्नो निरुपित शाखाहरुको अवलोकन गरेका छन् ।
आफ्नो क्षेत्रमा रहेका १२ वटा शाखहरु मध्ये सोमवारसम्ममा ७ वटा शाखाको अवलोकन गरेका हुन् । अब बाँकी रहेका ५ वटा शाखाहरु २ दिन भित्रमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
जस अन्तरगत भकुण्डेबेसी जेसीज, भक्तपुर जेसीज, भक्तपुर लेडी जेसीज, पनौती जेसीज, नाल्दुम नगरकोट जेसीज, काभ्रे जेसीज र काभ्रे लेडी जेसीजको भ्रमण भइसकेको छ भने बाँकी बालकोट जेसीज, सिन्धुपाल्चोक जेसीज, रामेछाप जेसीज, साखु जेसीज र धुलीखेल जेसीज रहेका छन् ।
भ्रमणको क्रममा नेपाल जेसीजले गरेका गतिविधिहरुलाई शाखाले गरेको छ वा छैन, नेपाल जेसीजको परिधिभित्र रहेर गतिविधि गर्न प्रेरित गरिएको, जेसीआइ नेपालको विषयमा शाखालाई जानकारी गराइएको, निरुपित शाखाहरुको कार्य योजनाहरुको जानकारी लिदैँ गरिसकेको गतिविधिका बारेमा छलफल, दिगो विकासका लक्ष्य अन्तरगर रहेर शाखाका गतिविधिहरु सञ्चालन गर्नका लागि निर्देशन, शाखाका अध्यक्षहरुलाई उत्प्रेरित गरेको र अवसरहरुलाई ग्रहण गर्दै शाखा सदस्यहरुलाई प्राप्त अवसरहरुलाई ग्रहण गर्दै रचनात्मक तवरले सम्पन्न गर्नका लागि आग्रह गरिएको थियो ।
यसैगरी, यस वर्ष नेपाल जेसीजले समयमा हरेक कार्यक्रमहरु गरेर समयमा सम्पन्न गरिरहेको छ । उक्त कुराहरुलाई हरेक शाखामा पनि अवलम्बन गर्नका लागि पनि आग्रह गरिएको छ । उपाध्यक्ष रेग्मीले जेसीज अभियानसँग आबद्ध भइ युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास सँगसँगै समय सापेक्ष उद्यमशीलताको विकास गर्नु पर्ने कुरामा पनि जोड दिएका छन् ।