तेजन खड्का
उर्लाबारी— झापा दमक —१० का १२ वर्षीय अशोक दर्जी यतिवेला समाजिक सन्जालमा भाईरल भएका छन् । मिठो गित गाएर सबैलाई मोहित बनाउन सक्ने कला अशोकमा छ । गायकिमा उनको अद्भूत क्षमता भएका कारण छोटो समयमा नै चर्चामा आएका छन् । बिशेष गरेर युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । उनको बिभिन्न युट्युव च्यानलले लिएको अन्तरवाता अहिले युटुबको पहिलो ट्रेन्डीङमा पर्न सफल भएको छ । असोक सँग लिइएको अन्तरवार्ता अहिले युट्युव भरि छाएको छ । प्राय सबै भिडीयो ट्रेन्डीङ छ ।
एउटा बिपन्न परिवारमा जन्मिएका उनमा हर कोहीलाई मन्त्रमुग्ध बनाउने क्षमता छ । झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागि जिविकोपार्जनका लागि पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् । केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।
गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारका उनको भविस्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ ।
२ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको थिए । तर अहिले भने उनलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाएको छ । एकेडेमीका फाउण्डर दिपक न्यौपानेले अशोकको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्नूका साथै सम्पुर्ण खर्च आफुले उठाउने बताए । निम्न बर्गीय परिवारका अशोकको बुवा पूर्ण र आमा ललिताले बनिबुतो गरेर घर चलाउने गरेका छन् । प्रतिभा भएर पनि गरीब भएकै कारण उनले आफ्नो प्रतिभाको सहि सदुपयोग गर्न सकेका छैनन् ।‘यस्ले संगीत क्लास लियो भने त ठुलो गायक हुन्थियो होला,बुवा पूर्णले भने‘सबैथोक पैसा नै रहेछ । ’ तर पछिल्लो समय देशविदेशबाट उनको प्रतिभाको तारिफ हुन थालेपछि भबिष्यमा केहि गर्छ भन्ने विश्वास बढेको आमा ललिताले बताईन् ।
जस्तोसुकै गीतहरु पनि सहज तरिकाले गाउन सक्नु उनको खुबी नै हो । अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटी पना देखाउने उनी जब गीत गाउन सुरु गर्छन, तब सबथोक बिर्सिएर दत्तचित्त भएर गाउँनमा नै मस्त हुन्छन् । एकपछि अर्काे गीतहरु सुनाएर उपस्थित दर्शक, स्रोताको मन जित्न सफल हुन्छन्, उनी ।
यिनै अशोकको जिवन भने अहिले फेरिन सुरु गरेको छ । उनलाई सहयोग जुट्ने क्रम सुरु भईसकेको छ भने केही दिनमा नै राजधानी गएका छन् । गायक टंक बुढाथोकीले उनको गीत रेकर्ड गरिदिने भएका छन् । बुढाथोकीको शब्द संगीत रहेको मन बिनाको धन ठुलो कि धन बिनाको मन बोलको गीतको रेकर्ड भईरहेको र भिडियो समेत ल्याउने तयारी भईरहेको छ ।
त्यस्तै उर्लाबारी–६ का सचिन योञ्जनले उनको आर्थिक अवस्था एकदमै कमजोर रहेको भन्दै ५० हजार रुपैया दिने घोषणा समेत गरे ।