• देबु बानियाँ
    झापा । सामाुदयायिक विद्यालय सुधारका लागि झापामा यतिबेला धमाधम सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गर्न थालिएको छ । हल्दिवारी गाउँपालिकाले सबै सादायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु गरेको छ । 
    यसैलाई निरन्तरता दिँदै झापाको मेचीनगरस्थित आदर्श माविमा पनि विद्युतीय हाजिरी सञ्चालनमा आएको छ । यो विल्द्यायलयले सञ्चालन गनरेको हाजिरी सिस्टम नगरकै पहिलो हो ।  मेचीनगर–८ इटाभट्टा स्थित आदर्श माबिमा बिद्युतिय हाजिरी शुरु गरिएको हो । मंगलबार बिद्यायलमा आयोजित एक कार्यक्रमका बिच मेचीनगरका प्रमुख बिमल आचार्यले पहिलो पटक मेशिनमा औंठा लगाएर बिद्युतिय हाजिरीको उद्घाटन गर्नु भएको थियो । 
    बिद्यालयका शिक्षक र कर्मचारीहरुका लागि यो हाजिरी प्रयोग गरिने प्रधानाध्यापक हेमकुमार खड्काले बताउनु भयो ।  बिद्यालयको आन्तरिक स्रोतबाट २० हजारको लागतमा जडान गरिएको बिद्युतिय हाजिरीमा शिक्षक तथा कर्मचारी गरी ४० जनाले हाजिरी गर्नेछन ।
    बिद्युतिय हाजिरीको उद्घाटनका अवसरमा मेचीनगर उपप्रमुख मिना उप्रेती, नगर शिक्षा अधिकारी उद्धब बिष्ट। काँकरभिट्टा स्रोत केन्द्रक स्रोत व्यक्ति लोकबहादुर दाहाललगायतले समेत बिद्युतिय मेशिनमा औंठा लगाएर हाजिरीको परिक्षण गर्नु भएको प्रधानअध्यापक खड्काले जानकारी दिनु भयो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…