• देबु बानियाँ
    दाङ । दाङ महिला जेसीजको सप्ताह कार्यक्रम अन्तरगत तेस्रो दिन मंगलवार दृष्टिविहिन परिवारलाई सहयोग गरेको छ जेसीजले तुलसीपुरमा बसोबास गर्दै आएका दृष्टिविहीन परिवारलाई नगद तीन हजार र खाद्यन्न सामग्री सहयोग गरेको हो ।
    जेसीजले हरेक वर्ष सप्ताह व्यापी कार्यक्रममा सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएको छ । जसको निरन्तरता यस वर्ष पनि दिएको छ । ेसीजको ९ गते सप्ताहव्यापी कार्यक्रमको समुद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो भने दोस्रो दिन रेडक्रसमा रक्तदान कार्यक्रमको आयोजना गरेका थियो ।
     मंगलबार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी दाङ महिला जेसीजले दृष्टिविहिन परिवारलाई नगद तथा खाद्यन्न सामग्री सहयोग गरेको थियो । आँखा अस्पतालका डा. सुलक्ष्मी कटुवालको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष डोमा पाण्डेले गर्नु भएको थियो ।  उमा सुवेदीको आस्था वाचन तथा समिता गौतमले स्वागत गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण दांग महिला जेसीजकी महासचिव ममता विष्टले गर्नु भएको थियो ।
       त्रिभुवननगर जेसीजका अध्यक्ष लालमणि भण्डारी, तुलसीपुरनगर जेसीजका अध्यक्ष दिपेश भण्डारी, त्रिभुवननगरका पूर्व अध्यक्ष सुशील प्रकाश आचार्य, नेत्र अधिकृत शालिकराम गौतम लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमकयो सञ्चालन महासचिव ममता विष्टले गर्नु भएको थियो । 


     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…