झापा, १२ बैशाख । मेची नगरपालिकाले यस्तो विज्ञापन निकाले छ । यो विज्ञापन यतिबेला लोकसेवा आयोगदेखि मन्त्रिपरिषदसम्म चर्चाको विषय बनेको छ । मन्त्रीहरु स्वयम् हाँसो उडाइरहेका छन् यो विज्ञापन देखेर ।
मेची नगरपालिकाले वारुण यन्त्र फायरमेन संख्या ६ करारमा माग ग¥यो । २० वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकबाट माग गरिएको यो विज्ञापनमा २० कक्षा उत्तिर्ण योग्यता चाहिने भनेको छ ।
आजसम्म २० कक्षाको पढाई नेपालमा मात्र होइन, संसारमै हुनेगरेको छैन । सहायक स्तरको यो पदमा मेची नगरपालिकाले २० कक्षा पास गरेको योग्यता माग गरेपछि ठूलै बिबाद सुरु भएको छ ।
यो गल्ती भएर सच्चिएला । प्रश्न के छ भने मेची नगरपालिकाको स्तर त यस्तो छ भने गाउँपालिकाहरुको हालत के होला ? कतै गाउँपालिका र नगरपालिकासम्म सिंहदरवारको भ्रष्टाचार र मनलाग्दी सरेर पुग्ने त होइन ?