क्वालालम्पुर/अप्रील-२५
गत सोमबार राती मलेसियामा एक नेपालीको हत्या भएको छ । झापा जिल्ला कन्काई नगरपालिका वडा न ६ घर भई क्वालालम्पुर कोताराय नजिकै रहेको एक क्लवमा कार्यरत अन्दाजी ३२ वर्षका मोहन कुमार राजवंशीको सोमवार राती करीव दुई वजेतिर हत्या भएको हो ।
रातीको समयमा कोतारायमा अज्ञात समुहले वाटोमा राजवंशिलाई छुरा प्रहार गरेका थिए । राजवंशीको शव पोसमार्टमको लागि क्वालालम्पुर अस्पतालमा राखिएको छ । दुई वर्ष अघि रोजगारीमा आएका राजंवशि विवाहित हुन भने उनकोपरिवारमा एक छोरी रहेको वुझिएको छ ।
उक्त घट्ना बारे बुझ्दा मध्य राती नेपाली रेस्टुरेन्टमा मदिरा पिउदै बस्दा नेपाली-नेपाली बिच सामन्य विवादका कारण अर्को समुहले स्थानिय तामिलको साहरामा सो घट्ना गराएको हुन सक्ने राजबङ्शी निकट श्रोतले बताएका छ्न।हाल मृतकको सब पोसमार्टम भइरहेको र आवश्यक प्रकृया पुर्याएर नेपाल पठाईने छिमेकि लोचन विमलीले जानकारी दिएका छन।