•  १२ वैशाख २०७५, पथरी


    मोरङको पथरीशनिश्चरे ५ र ६ मा पर्ने साविक हसन्दह गाविसमा पूर्ण सरसफाइको कामले तिब्रता पाइरहेको छ । २०६८ सालबाट खुल्ला दिशा मुक्त अभियानका रुपमा अगाडी बढाइएको कार्यक्रम २०७२ साल जेष्ठ २६ गते हसन्दह गाविसलाई नै खुल्ला दिशामुक्त गाविस घोषणा गरिएको थियो । 
    हाल पूर्ण सरसफाइ अन्तरगतका कार्यक्रमहरु निरन्तर अगाडी बढिरहेको ५ नं. वडा अध्यक्ष जोगबहादुर धिमालले बताउनुभएको छ । भर्खरै मात्र वडा नं. ६ को मंगलबारे बजार आसपासमा सरसफाइ कार्यक्रम गरिएको र आगामी कार्यक्रममा पनि पूर्ण सरसफइका निकै कामहरु बाकी रहेको ६ नं. वडा अध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । 
    यसै अन्तरगत महिनावारी सरसफाइ स्वच्छता व्यवस्थापन सम्वन्धि हिजो र आज गरी २ दिने तालिम पनि सम्पन्न गरेको छ । तालिमको सहजिकरण सि एस डि सी बिराटनगरकी सपना तिवारी र तिलक नेपालीले संयुक्त रुपमा गरेका थिए । तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमबाट समाजमा रहेको महिनावारी सम्बन्धिको अन्धविश्वास हटाउन मद्धत गर्नुका साथै महिनावारीलाई कसरी सही तरिकाले व्यवस्थापन गर्न सकिन्छ भनेर सहजिकरण गरिएको छ । 
    तालिम पश्चात आफैले घरमा नै सेफ्टी प्याड बनाउन सक्ने र प्रभाबकारी रुपमा महिनावारी स्वच्छता गर्न सकिने भएको सहभागिहरुले बताएका छन् ।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…