• देबु बानियाँ 
    झापा । रुपेश अधिकारी झापाली पत्रकारिता क्षेत्रमा परिचित नाम हो । उनी छोटो समयमा अब्बल पत्रकारिता गर्दै आम झापाली सञ्चारकर्मीहरुबिच सहजै घुलमिल हुन सफल भए । इलामबाट पत्रकारिता गर्न झापा झरेका रुपेशका पत्रकारिता विर्तामोडमा स्थायी बन्न सकेन । त्यसपछि उनी पत्रकारिता गर्दा गर्दै विदेशी मोहले तान्यो र युएइ हानिए । 
    इलामको गोदक (हाल इलामनगरपालिका १० ) मा जन्मिएर सञ्चार क्षेत्रमा केहि गर्छु भनेर लागेका रुपेश अधिकारी यो पेशालाई अंगाल्दा अंगाल्दै रोजगारीका लागि बिदेशिनु पर्यो । सञ्चार क्षेत्रमा केहि वर्षमै राम्रै गरिरहेका थिए । पत्रकारितामा उनले भने जस्तो आर्थिक अवस्थालाई मजबुत बनाउन सकेनन् । त्यसैले पनि उनलाई विदेश जानु देखि बाहेक अर्काे विकल्प थिएन  । तर, इच्छाशक्ती भयो भने काम गर्ने मान्छेलाई ठाउँले परक पार्दैन भन्ने ज्वलन्त उदाहरण बनेका छन् रुपेश । उनी विदेशी भूमिमा पुगेर पनि आफ्नो पत्रकारितालाई निरन्तर निखारि रहेका छन् । केहि बर्ष सोखका रुपमा सञ्चार क्षेत्रमा काम गर्ने र बिकल्पमा राम्रो काम पाएपछि त्यो क्षेत्रलाई त्याग्ने धेरै छन् । तर, खाडी मुलुकमा पसिना बगाउँदै बचेको समयमा पुरानै पेशालाई निरन्तरता दिइरहेका छन् उनी ।

    उनी युएइमा पत्रकारीताको माध्यमबाट बिगत एक बर्ष देखि कलम चलाइरहेका छन् । विदेश गएपछि पहिलो प्राथमिकता आफ्नो काम हो । उनी त्यो कामलाई सकेर बचेको समयमा पत्रकारिता गर्छन् । निरन्तर मिडियासँग अपडेट रहन्छन् उनी । उनको माया र सद्भाव झापाली सञ्चारकर्मीसँग उत्तिकै गाढा रहेको छ । विदेशमा भएका घटनाहरुसँगै नेपालमा भएका हरेक विषय वस्तुलाई अपडेट गर्छन उनी । राजनीति, सामाजिक तथा आर्थिक क्षेत्रमा उनको पत्रकारिताको विशेष दखल छ । विदेश पुगेर उनले त्यहाँ कार्यरत नेपाली कामदारका सफलता, असफलता, समस्या लगायतका विषयमा समाचार सम्प्रेषण गर्न उनि निरन्तर लागि परेका छन् । 
    झापा बिर्तामोडको रेडियो भिजनबाट पत्रकारीताको शुरुवात गरेका अधिकारी अहिले पनि रेडियो भिजन र शुभदिन अनलाइनमा समाचार लेखिरहेका छन् । उनले व्यवसायिक पत्रकारीता गरेको ५ वर्ष भएको छ । बिदेशमा गएपछि पनि पत्रकारीतालाई निरन्तरता दिने सोच भएको तर शुरुवाती अवस्थामा समय अनुकुल पदैन कि भन्ने बिषयमा तनाब भएको बताउने अधिकारी हाल कामसँगै पत्रकारीतामा पनि समय दिइरहेका छन् ।
    विशेष गरेर विदेशमा रहेका नेपाली कामदारको पक्षमा कलम चलाउने अधिकारी उनीहरुले पाएको पीडा, वेदना  अनि सफलताको कथालाई समेट्ने गर्छन् । 
    ‘रेडियोमा हुदैँ पत्रिकामा पनि लेख्न सुरु गरेको थिएँ’ उनले भने, ‘मेरो पत्रकारीताका गुरु गणेश पोखरेल, सुब्रत न्यौपाने, माधब बिद्रोहि, बिशाल नेम्बाङ लगायतले हरेक शब्द शव्दको हेक्का राख्न सिकाउनु भयो । बोल्ने मात्र होइन लेख्नमा पनि सीप चाहिन्छ भन्ने उहाँले निरन्तर हौषला दिनु भयो । उहाँहरुकै प्रेरणाले यो क्षेत्रलाई निरन्तरता दिने उर्जा मिलेको हो ।’ परदेश हिड्दैँ गर्दा जहाँ गएपनि पत्रकारीताबाट टाढा नरहने भनेर प्रतिज्ञा गरेको र उहाँ पुगेपछि अन्यबाट पनि सहयोग मिलेको उनले बताए । अब त यो पेशा नछोड्ने उनको बाचा छ ।

    भखैरै मात्र ताप्लेजुङ समाज सेवा युएईले युएईमा रहि पत्रकारीताबाट संस्थाको विभिन्न गतिबिधि सम्प्रेणमा पु¥याएको योग्दानको मुल्यांकन गदै रुपेशलाई सम्मान गरेको छ । संस्थाको प्रथम वार्षिक उत्सोवका अवसरमा शुभदिन अनलाइन तथा रेडियो भिजनका युएई प्रतिनिधी रुपेशलाई सम्मान गरेको हो । यो सम्मानले उनलाई थप आफ्नो काममा हौषला मिलेका बताए । 


     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…