• काठमाडौं, १३ बैशाख । नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्दा बराबरीको हैसियत माग्दै पार्टीको संगठन सुदृढिकरण अभियानलाई सशक्त बनाउन लागेको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन सुदृढीकरणको अभियान सुरु गरेका हुन् । आइतबार बिहान खुमलटारस्थित निवासमा बसेको केन्द्रीय कार्यालय (हेडक्वार्टर) को बैठकले पार्टी संगठन सुदृढ बनाउने निर्णय गरेको हो ।

    बैठकले पार्टी संगठनलाई कसरी सुदृढ बनाउने भन्ने निर्णय गर्न र कार्ययोजना निर्माणका लागि पार्टी सचिवालयको बैठक बोलाउने निर्णय गरेको छ ।

    तत्कालीन समयमा लडाकु समायोजनको कुरा हुँदा प्रचण्डले सर्वसाधारण र उमेर नपुगेकालाई समेत लडाकुको बिल्ला भिराइदिएका थिए । अहिले फेरि प्रचण्डले सेना समायोजनको बेलामा जस्तै हर्कत एमालेसँग देखाउनका लागि संगठन सुदृढिकरणको अभियान सार्वजनिक गरेको बताइन्छ ।

    अध्यक्ष प्रचण्ड एमालेसँग तत्काल पार्टी एकता नहुनेमा विश्वस्त भएपछि नयाँ योजना सुरु गरेको नेताहरु बताउँछन् । हेडक्वार्टर बैठकमा बोल्ने अधिकांस नेताहरुले एकता समानताका आधारमा सम्मानजनक ढंगले हुनुपर्ने र त्यो न्यायोचित हुनुपर्ने कुरामा जोड दिएका थिए ।

    जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र कमिटीहरुमा भागबण्डाको विषयमा एमाले र माओवादीबीचमा विवाद देखिएको छ । तीन विषयमध्ये सबैभन्दा जटिल र पेचिलो चाहिँ पदीय भागबण्डा रहेको नेताहरु दावी गर्छन ।

    माओवादी केन्द्रले समानताका आधारमा कमिटी निर्माण हुनुपर्ने भन्दै राखेको अडान स्वीकार गर्न एमाले तयार नभएपछि कुरा विग्रिएको नेताहरु बताउँछन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…