• काठमाडौं, १३ बैशाख । राजधानीमा पक्राउ परेको साढे ३३ केजी सुन प्रकरणमा नेपाल प्रहरीभित्र लहरो तान्दा पहरो थर्किने स्थिति भएको छ । डिआईजी गोविन्द निरौला पक्राउ गरेपछि नेपाल प्रहरीका अन्य अधिकारीहरु समेत छानबिनको दायरामा तानिन थालेका छन् ।

    छानविनमा तानिएका अधिकारी बयान पूर्व नै बेपत्ता हुन थालेपछि घटना रहस्यमय हुन थालेको छन् । यो प्रकरणमा प्रहरीको प्रत्यक्ष संलग्नता पुष्टि हुने संकेत समेत देखिन  थालेको आशंका कतिपयले गर्न थालेका छन् । 

    सुनकाण्डमा मुछिएका जिल्ला प्रहरी कार्यालय, मकपनपुरका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई थुनामा राखिएको छ । प्रकरणको छानविन गर्न गठित समितिले उनलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणस्थित आन्तरिक थुनामा राखेको हो ।

    मंगलबार समितिले गृहमन्त्रालयमा एसपी खनालसहित इलाका प्रहरी कार्यालय, इटहरीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) सञ्जय राउतको बयान लिएको थियो । राउत बयानकै बीच गृहबाट निस्किएका थिए । लगत्तै, उनी समितिबाट सम्पर्कबिहीन भएका थिए । 

    यसअघि आइतबार पूर्व डिआईजी गोविन्द निरौलालाई समितिले बयान लिएलगत्तै पक्राउ पुर्जी थमाउँदै नियन्त्रणमा लिएको थियो । सोही डरले राउत फरार भएको हुन सक्ने स्रोत बताउँछ । निरौलालाई जिल्ला प्रहरी कार्यालय, मोरङमा लगेर कर्तव्य ज्यान र सुन तस्करी मुद्दा अन्तर्गत म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको छ ।

    उर्लाबारीका सनम शाक्यलाई टर्चर दिने क्रममा खिचिएको भिडियोमा एसएसपी गोविन्द मामा भनेको सुनिएपछि समितिले उनलाई शंकाको घेरामा राखेको थियो । निरौलासहित एसपी खनाल र डिएसपी राउतको साढे ३३ केजी सुनका मालिक भनिएका फरार अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीसँग सम्पर्क रहेको समितिले भेटाएको स्रोतको भनाई छ ।

    गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ ।

    यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए । सुन गायब र हतयामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानविन समिति गठन गरेको थियो ।

    घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । सुनका मालिक गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल र सुरेन्द्र गौतमलाई प्रहरीले खोजी सूचीमा राखेको स्रोत बताउँछ ।

    प्रहरीले उनीहरुसहित ३८ जनाको सम्पत्ति रोक्का गरेको छ । यसअघि सोही प्रकरणमा जोडिएका एक अभियुक्तले महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमै आत्महत्या गरेका थिए, रहस्यमा उल्लेख छ ।

    बर्दियाको राजापुर नगरपालिका ७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । उनी नेपाल वायु सेवा निगममा लोडरको रुपमा कार्यरत थिए । बिहान ५ बजे गाडी बाथरुममा उनले आत्महत्या गरेको प्रहरीको भनाइ थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…