• काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीलाई बिर्सेको दिन नेपालको कम्युनिष्ट पार्टी समाप्त हुने चेतावनी दिएका छन्।

    प्रधानमन्त्री ओलीले ढलेको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउने मनमोहन अधिकारीजस्ता नेताहरुको फोटो हटाउने हर्कत बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसमा दिन भएको भन्दै असन्तुष्टि जनाए।

    ढलेको कम्युनिष्ट आन्दोलनलाई उचाईमा पुर्याउने मनमोहन अधिकारीजस्ता नेताहरुको फोटो हटाउने हर्कत बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसमा दिन भएको भन्दै असन्तुष्टि

    नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवम् एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवसको अवसर पारेर बिहीबार सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पुष्पलाल, मनमोहन अधिकारीजस्ता नेताहरुको चाहना मुलुकको समृद्ध भएकाले सरकारले त्यसलाई अभियानको रुपमा अघि बढाएको बताए। प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसँग पार्टी एकता हुनेमा शंका नगर्न पनि आग्रह गर्नु भयो।

    उनले ‘आफू कहाँ रहन्छु’ भन्ने केहीको चिन्ताका कारण पार्टी एकता हुँदैन कि भनेर आशंका गर्ने ठाउँ उब्जाए पनि आम जनता, पार्टीका नेता, कार्यकर्ता पार्टी एकताको पक्षमा रहेको जनाए। प्रधानमन्त्री ओलीले सरकारले पछौटेपन हटाएर मुलुकलाई समृद्ध बनाउन अनुकूल वातावरण बनाउने काम गरिरहेको दाबी गरे । 

    “म कहाँ हुन्छु रु मेरो भविष्य के हुन्छ रु हामी कति हुन्छौँ भन्ने जस्ता कुराहरुले अलि अनावश्यक चर्चा पाउँदा जनतामा शंका पैदा भएको छ । तर, सबैलाई स्पष्ट गर्न चाहन्छु केही केहीले त्यतापट्टी ध्यान दिएपनि आम कार्यकर्ता जनता र नेताको ध्यान देशको भविष्य बनाउने दिशामा छ । अब देशमा अग्रगामी परिवर्तन ल्याउनु छ,” ओलीले भने । 

    प्रधानमन्त्री ओलीले कर्णालीदेखि तराईसम्मको विकासका लागि आवश्यक विशेष नीति तथा कार्यक्रम बनाउने घोषणा पनि गरे। उनले मनमोहन अधिकारीलाई अविचलित आस्था र निष्ठाको धरोधर नेताको रुपमा चित्रण गरे। कार्यक्रममा बोल्दै एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले पनि मनमोहन अधिकारीले नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा पु¥याएको योगदानको चर्चा गरेका थिए।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…