• काठमाडौं, १३ वैशाख । काठमाडौमा एक कार्यक्रमका बीच ‘द डार्कनेस बेकन’ चलचित्र देखाइएको छ  । काडमाडौको अनामनगरमा पत्रकार सम्मेलन गरेर उत्तः चलचित्र देखाइएको हो । करिव १ घण्टाको चलचित्रलाइृ दर्शक तथा पत्रकारहरुले राम्रो प्रतिक्रृया दिएका थिए ।  नेपालमा गएको ३ बर्ष अगाडीको भुकम्पले धेरेको घरबार उजाड पारेको थियो । त्यसैलाई आधार बनाएर  भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई समेटेर चलचित्र तयार पारिएको छ ।  

     चलचित्रलाई युवा   निर्देशक  पवन केसीले निर्देशन गरेका छन् । केसी भन्छन् भूकम्प पछि यसले मानिसमा पारेको प्रभावका विषयमा अध्ययन गर्दा चेलिबेटी वेचविखन समस्या प्रमुख रुपमा रहेकोले यसलाई हामीले चलचित्र बनाएर चेताना फैलाउने कोसिस गरेको हुँ । लामो अध्ययन गरेर फिल्म निर्माण गरिएको उनले बताए ।  चलचित्रले  भूकम्पपछि सिन्धुपाल्चोकको विकट गाउ तौथलीमा भूकम्पपीडित सन्ध्या पात्रको जीवनमा आएको उतारचढावलाई कथात्मक रुपमा हामीले प्रस्तुत गरेका छौं,’ उनले भने, ‘भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई चलचित्रले देखाउन खोजेको छ । 

    चलचित्रका  कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको समस्यालायृ पर्दामा देखाउन खोजेको बताए  ।  ‘भूकम्पकै कथामा बनेको चलचित्रलाई यसैको सम्झनामा स्वरुप वैशाख १२ मै कार्यक्रम राखेका पनी निर्माता रिजालले भने ।निर्देशक केसीकै कथा, पटकथा, संवाद रहेको फिल्ममा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामालगायतको अभिनय छ ।कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पूर्व अध्यक्षद्वय रमेश बुढाथोकी र रविन्द्र खड्काले फिल्मले गहन विषय उठान गरेकाले दर्शकले मन पराउनेमा बिसवास वयत्त गरे । 
    निर्देशक केसीकै कथा, पटकथा, संवाद रहेको फिल्ममा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामालगायतको अभिनय छ । राजेश रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार बस्नेतको छायांकन, राजेशकै गीत र संगीत र सन्देश परियारको सम्पादन छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…