• देबु बानियाँ
    झापा । प्राय धेरै कार्यक्रमहरुमा विशिष्ट व्यक्तिहरुले कुनै पनि कार्यक्रमको उद्घाटन गर्ने चलन छ । जुन सकुै कार्यक्रम प्रमुख अतिथि वा विष्शिष्ट अतिथिले उद्घाटन गरिन्छ । तर, बिहिवार मेचीनगर ४ आमडाँगीमा फरक दृष्य देखियो । कार्यक्रम थियो, पशुपति माविमा विद्युतिय हाजिरी र सिसि टिभिको उद्घाटन । कार्यक्रमको प्रमुख अतिथिको रुपमा मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल सहभागि थिए । अन्य वडा सदस्य, विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक परिवार, विभिन्न सामाजिक क्षेत्रका व्यक्ति, सञ्चारकर्मी तथा विद्यार्थीको बाक्लो उपस्थिति रहेको थियो । उद्घाटनका लागि विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रधानले वडा अध्यक्ष नविन बराललाई आग्रह गरे । अध्यक्ष बराल स्टेजमा गएर भने ‘यो विद्युतिय हाजिरीको उद्घाटन विद्यालयका सहयोगी कर्मचारीले गर्नेछन् ।’ उनले त्यति भनेपछि विद्यालयका सहयोगी कर्मचारी नेत्रप्रसाद खतिवडालाई बोलाइयो र कार्यक्रमको उद्घाटन खतिवडाले आफ्नो बुढी औँला विद्युतिय मेसीनमा हाजिर गरेर गरे । सहभागिले गडगडाहट ताली बजाए । अध्यक्ष बरालले भने ‘सबै कार्यक्रममा प्रमुख अतिथिले मात्र गर्नु पर्छ भन्ने छैन । यो मेसिनमा अब उहाँहरुले नै हो हाजिर गर्ने त्यसैले कर्मचारी मार्फत नै हाजिर गराइएको हो ।’  
    झापा मेचीनगरका सामुदायिक विद्यालयलाई अझ गुणस्तरीय बनाउने लक्ष्यका साथ यस विद्यालयमा विद्युतिय हाजिरी र सिसि क्यामराको व्यवस्था गरिएको हो । 
    मेचीनगरका विद्यालयहरुमा सिसिटिभि र विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि विद्युतिय हाजिरीको धमाधम जडान हुन थालेको छ । यसै क्रममा पशुपतिमा पनि विद्युतिय हाजिरीको व्यवस्था गरिएको हो । त्यस्तै विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुको गतिविधि निगरानीको लागि सिसिटिभीको समेत जडान गरीएको थियो । वडा नं. ४ मै रहेको दिपेन्द्र प्राविमा केही समय पछि नै उक्त प्रविधिको जडान गर्ने भनिएको छ । 
    यसअघि मेचीनगर ४ कै सरस्वती माविमा विद्युतिय हाजिरी र सिसिटिभिको जडान गरीएको थियो । त्यस्तै बुधबार मेचीनगरकै अदर्श माविमा पनि हाजिरी जडान गरिएको थियो । मेचीनगरपालिकाका सामाजिक विकास समितिका संयोजक समेत रहेका वडा अध्यक्ष बरालले नगरका सबै सामुदायिक विद्यालयहरुमा उक्त किसिमको हाजिरी र सिसिटिभिको व्यवस्था गर्दै जाने बताएका छन् । बरालले नगर भरिका सबै निजि विद्यालयहरुले  अनिर्वाय रुपमा वडाध्यक्षको सिफारिसमा कम्तिमा १० जना विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने नीति बनाइएको बताए । 
    नगरपालिकाको मातहतमा रहने गरी शिक्षा क्षेत्र आएसँगै सामुदायिक विद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्यामा समेत बृद्धि भएको र अबका दिनमा विद्यार्थीहरुलाई प्रभावकारी शिक्षा प्रदान गर्न सबै प्रकारका कार्यहरुमा मेचीनगरपालिका तयार रहेको बताउदैँ संयोजक बरालले नगरपालकिकामा बसेर सबै विद्यालयको गतिविधि हेर्न मिल्ने प्रविधिको समेत प्रयोग निकट भविष्यमै रहेको बताए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…