• काँकरभिट्टा । काँकरभिट्टा बहुमुखी क्याम्पस मृचीनगर ६ झापाको सञ्चालक समितिको अध्यक्षमा कमल थापा नियुक्ती भएका छन् । 
    केही साता अघि सञ्चालक समितिले त्रिभूवन विश्व विद्यालयमा थापासहित ३ जनाको नाम सिफारिस गरि पठाएको थियो । उनीहरु मध्ये थापालाई सञ्चालक समितिको अध्यक्षमा नियुक्ती गरेको हो । थापालाई नियुक्ती गरेको पत्र त्रिविले बुधवार क्याम्पसमा पठाएको थियो । 
    यस अघि क्याम्पस अध्यक्षमा विमल आचार्य थिए । आचार्य मेचीनगर नगरपालिकाको मेयर समेत हुन् । क्याम्पसले उनलाई पुनः अध्यक्षमा बस्न आग्रह गरे पनि उनी नगर प्रमुख भएपछि समय अभावका कारण बस्न चाहेनन् । उनी विगत ८ वर्षदेखि क्याम्पसको अध्यक्षमा रहेर कुशल नेतृत्व सम्हालेका थिए । 
    बिहिवार क्याम्पसमा आयोजित एक कायक्रमकाबिच नव नियुक्त अध्यक्ष थापालाई पदभाहार गरियो । निवर्तमान अध्यक्ष आचार्यले थापालाई खदा ओडाएर आफ्नो जिम्मेवारी सुम्पिएका थिए । 
    नव नियुक्त अध्यक्ष थापाले सबैको साथ र सहयोगले क्याम्पसको गरिमालाई थप उचाई लैजाने प्रतिबद्धता व्यक्त गरे । 
    उक्त क्याम्पसमा केही दिन अघि मात्र क्याम्पस प्रमुखमा लक्ष्मीप्रसाद उप्रेती नियुक्त भएका थिए । 
    क्याम्पस अध्यक्ष विमल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर उपप्रमुख मिना उप्रेती, प्रध्यापक हेमकुमार खड्का, नव नियक्त अध्यक्ष कमल थापा, मेचीनगर ६ का वडा अध्यक्ष ललित तामाङलगायतले क्याम्पसको सफलताको शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए । 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…