•  उर्लाबारी । राष्ट्रनिर्माण सेकेण्डरी बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययरत आयुसा राना मगरले आफुलाई नृत्यमा अब्बल सावित गरेकी छिन् । नृत्यमा अरुको भन्दा भिन्नै प्रस्तुति दिनमा उनी खप्पिस छिन् । नृत्यका हरेक विधामा उनी पारंगत छिन् । 
    रतुमावाईमा हालै सम्पन्न भएको रतुवामाई आइडलमा झण्डैं सय बढि प्रतिस्पर्धीलाई पछि पार्दै उनले आईडलको उपाधि चुमिन् । पहिलो चरणबाट नै सम्पूर्ण दर्शकहरुको नजरमा परिसकेकी आयुसाले फाईनल राउण्डमा पनि दमदार प्रस्तुति दिईन् । चोली अलि छोटो बोलको गीतमा नृत्य गरेकी आयुसाको नृत्य हेर्ने जो कोहि मोहित भएका थिए । आयुसाले आफ्नो नृत्यबाट निकै प्रशंसा र तारिफ पनि  पाईन् । आइडलको उपाधिसँगै उनले २० हजार नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेकी छिन् । 
    रेडियो टिभिमा बजेको गीतमा घरमै नाँच्ने उनको सानैदेखी नृत्यमा एकदमै रुचि थियो । राष्ट्रनिर्माणमा डाँन्स टिचर रेवत मगरको प्रशिक्षणले उनको प्रतिभा अझ खारियो । र उनले फड्को मार्दै गईन् । आयुसाले अन्य विभिन्न प्रतियोगितामा पनि सहभागीभई आफु र विद्यालयको नाम राखिसकेकी छिन् । 
    रतुवामाई वडा नम्बर १० की १६  वर्षीय आयुसालाई राष्ट्रनिर्माण बोर्डिङ स्कुलका प्रिन्सिपल विश्वास ढकाल सम्भावना बोकेकी कलाकारको उपमा दिनुहुन्छ । नृत्यमा अब्बल छिन्, निरन्तरता दिईरह्यो भने आयुसा एकदिन यो क्षेत्रको मात्र नभएर देशकै आइडल हुने विश्वास लिएको छु । 

    नृत्यमा र गायनमा रुचि हुनेहरुका लागि स्कुलले विषयगत टिचर पनि राखेको प्रिसिन्सपल ढकालले बताए । 
    नृत्यमा अब्बल क्षमता भएकी  आयुसा  विजेता बनेसँगै अझै हौसिएकी छिन् । उनी यही क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उत्साहकासाथ अगाडी बढ्ने तयारीमा छिन् । यो सफलतालाई उनी मेहनतको फल भन्छिन् । यद्यपि, एईई परिक्षाको दिनपर्ने बर्ष भएकोले उनी एक बर्ष अध्ययनमा अलि जोडतोडले लाग्दैछिन् । अब एकबर्ष एईई परिक्षाको तयारीमा अलि बढि समय दिन्छु, आयुसाले भनिन्, त्यसपछि त नृत्यमै केहि गर्ने लक्ष्य त छदैछ । यो क्षेत्रमा केहि गर्ने उनमा आत्मविश्वास छ । किनकी उनलाई बुबा बिनु राना र आमा गीता रानाको पुरा सर्पोट छ । 
    मेरो नृत्य हेरेर मैले पुरस्कार जित्दा बुबा आमा निक्कै खुशी हुनुहुन्छ, आयुसा भन्छिन्, स्कुलले पनि मैले पुरस्कार जित्दा बुबा आमालाई सम्मान गर्यो । जसले गर्दा यसमा आफूलाई कलाकारितामा केही गर्ने उर्जा मिलेको छ । 
     यही क्षेत्रमा निरन्तरत अगाडी बढ्ने र मेहनत गर्दै जाने योजनामा रहेको उनको भनाई छ । ‘यो मेरो मेहनतको फल हो, यो सफलताले मलाई झनै उर्जा थपेको छ’ उनले भनिन् ­ ‘ अब निरन्तर अगाडी बढ्नेछु । यही क्षेत्रमा केही गर्छु भन्ने विश्वास जागेको छ ।’

    यसरी विजयी हुनुमा घरपरिवारको साथ, गुरुहरुको सद्भाव, माया र उत्प्रेरणा, साथीहरुको सहयोग भएको उनको भनाई छ । साथै उनले स्टेच दिएर आफूलाई विजयी हुदाँसम्म साथ दिने आयोजक इटहरा एकता क्लवलाई धन्यवाद दिईन् ।
    ‘यहाँसम्म आईपुग्नकालागि मलाई सहयोग गर्ने सम्पूर्णलाई सम्झेको छु, खुसीको पलमा सबैलाई सम्झीरहेको छु’ उनले भनिन्­ ‘आयोजक, घरपरिवार, साथीसंगी, स्कुल परिवार, साथीहरु, डान्स गुरुसँगै मलाई यहाँसम्म आईपुग्न सहयोग गर्ने सम्पूर्णप्रति म आभारी छु ।’ आयुसाका बुवा बिनु रानाले छोरीले आमाबाबुको इज्जत र नाम राख्ने काम गरेको बताए ।

    मेरो छोरीको मेहेनत र अनि राष्टनिर्माण स्कुलको श्रेयले आज छोरीले रतुमाईमा नै नृत्यमा टप प्रतिभा भनेर सावित गरिदिएकी छिन्,बुवा बिनु भन्छन्, उनको प्रतिभा प्रस्फुटनमा हामी जस्तोसकुै मुल्य चुकाउन तयार छौ । 
    तेजन खड्का 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…