• काठमाडौं, १४ बैशाख । कुनै समय एकले अर्काको नाम सुन्न नचाहने नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बन्ध अहिले नङ र मासुको जस्तै छ ।

    नेपालका प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा गएको एक महिना नवित्दै भारतका प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने मिति तय हुँदैछ । भारतमा २०१९ को चुनावअघि नेपालसँग विग्रिएको कुटनीतिक सम्बन्धलाई अझ बलियो बनाउने पक्षमा मोदी देखिन्छन ।

    नेपालसँगको सम्वन्ध सुधारेमा  देशभित्र विरोधको वातावरण केहि मात्रामा भएपनि कम हुने रणनीतिक योजना मोदीको छ । त्यही योजनालाई साकार पार्ने रणनीति सफल बनाउने मोदी नेपालको भ्रमणमा आउन लागेको भारतको विदेश मन्त्रालय सम्वद्ध अधिकारीहरुले बताएका छन् ।

    यतिसम्म कि मोदीले यो भ्रमणमा नेपाललाई विकासका लागि अहिलेसम्मकै ठूलो सहयोग घोषणा गर्दै हस्ताक्षर गर्ने तयारी भइरहेको स्रोतहरु बताउँछन । आइतबार चीन पुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाल आउनुअघि मोदी छिमेकी मुलुक चीनको भ्रमण गर्ने जानकारी दिइसकेकी छन् ।

    परराष्ट्र मन्त्रालय स्रोतले मोदी ११ मे वैशाख २८ गते नेपाल आउने गरी भ्रमणको तयारी सुरु भएको जनाएको छ । २५ मे मा मोदीलाई नेपालमा स्वागत हुन सक्ने परराष्ट्र मन्त्रालयको भनाई छ । भारतको राष्ट्रिय दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले मोदी आगामी मे ११ (वैशाख २८) मै नेपाल भ्रमण हुनसक्ने उल्लेख गरेको थियो ।

    गत महिना प्रधानमन्त्री ओलीले २३ देखि २५ सम्म भारतको भ्रमण गरेका थिए । भारतीय पक्षले निम्तोलाई स्वीकार्दै भ्रमणको मिति आपसी समझदारीमा तय गर्ने जानकारी दिएको थियो । गत वर्षसम्म नेपालसँग चिसो बनेको भारतको सम्बन्धलाई गुलियो बनाउनका लागि मोदी आउन लागेका हुन् ।

    भारतमा कांग्रेस आईले मोदीको कार्यशैली र कुटनीतिक सम्बन्धमा चिसोपन ल्याउने व्यवहारको आलोचनासहित २०१९ को चुनावलाई लक्षित गरी प्रचारलाई तिव्रता दिएको छ । त्यसबाट झस्किएका मोदी छिमेकसँग सम्बन्ध बलियो बनाउने रणनीति अनुरुप नेपाल भ्रमणमा आउन लागेका हुन् ।

    मोदीले नेपालको विकासका हरेक ठाउँमा साथ दिने वचन दिदै यसपटकको भ्रमणमा ठूला जलविद्युत परियोजना, रक्सौल काठमाडौं रेल सम्झौता, सडक विस्तारका सहयोग हस्तान्तरण गर्ने तयारीमा छन् । अरूण तेस्रो जलविद्युत आयोजनाको उद्घघाटन पनि मोदीको भ्रमण अवसर पारेर गर्ने तयारी सरकारले गरिरहेको छ ।

    मोदी अब आउँदा तेस्रो पटक नेपाल आउन लागेका छन् । दुई पटकसम्म जनकपुरधाम जाने कोशिस गर्दा पनि पुग्न नसकेका मोदी यस पटक रामजानकी मन्दिरको दर्शन गरेर फर्किने तयारी गरिरहेका छन् । भारतीय प्रधानमन्त्री मोदी सन् २०१४ मा सार्क बैठकका बेला नेपाल आएका थिए । 

    त्यसअघि दुई दिने औपचारिक भ्रमणमा मोदीले नेपालको संसदलाई सम्बोधन गरेका थिए । पहिलोचोटि नेपाल आउँदा मोदीले संसदमा गरेको भाषण र वानेश्वरमा गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाएपछि उनलाई नेपालीहरुले प्रशंशा गरेका थिए ।

    दोस्रोपटकको भ्रमणमा नेपालको संविधान र मधेस मामिलाबारे दिएको अभिव्यक्तिले मोदी आलोचित बने । भारतले विदेश राष्ट्रसँग कुटनीतिक र खुफिया एजेन्सीमार्फत स्थापित गरेको सम्बन्धलाई प्रतिस्थापित गर्दै नेपालसँग राजनीतिक तहमा सम्बन्ध राख्ने सहमति गर्नेछ । ओलीको भारत भ्रमणका बेला वान टु वान वार्तामा भएको छलफलका आधारमा मोदीले ओलीसँग यस्तो सहमति गर्नेछन् ।

    उच्च स्रोतका अनुसार मोदीको भ्रमण तयारीसँगै काठमाडौंमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीले अधिकारीहरुसँग परामर्शको तयारी पनि गरेका छन् ।

    मोदीको भ्रमण अघि नै नेपालमा बहुमतप्राप्त एउटै पार्टीको सरकार रहेको अवस्था बनाउनका लागि वाम गठबन्धन घोषणाको गर्ने तयारी भइरहेपनि त्यो सफल हुन सकिरहेको छैन ।

    मोदी भारतीय जनता पार्टी र गठबन्धनका तर्फबाट बहुमतप्राप्त प्रधानमन्त्री हुन् । संविधान जारी पछि पुनर्संरचनामा गएको संघीय नेपालमा मोदीको पहिलो भ्रमण हुनेछ । अभियान टाइम्सका साथमा । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…