• मेचीनगर (झापा) । सञ्जीवनी महिला विकास संस्था मेचीनगर २ झापाको आयोजनामा जारी ५ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । मेचीनगर २ को आर्थिक सहयोगमा भएको तालिममा ७० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकको रुपमा रेडियोकर्मी लिला अनमोल र दिपक भण्डारीले गरेका थिए । 
    मेचीनगर ९ धुलावारीमा मुख्य कार्यालय रहेको यस संस्थाले हालै मात्र यस क्षेत्रमा नयाँ शाखा विस्तार गरेको थियो । 
    संस्थाकी अध्यक्ष रेनुका डाँगीको अध्यक्षता तथा हिमालयन एकाडेमीका निर्देशक दिपक भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा प्रशिक्षक लिला अनमोल, नेपाल शिक्षक महासंघ मेचीनगरका उपाध्यक्ष अर्जुन कार्की, बाहुनडागी जेसीजका अध्यक्ष जीवन मोते, भृकुटी खानेपानीका अध्यक्ष दिपक बराल, भृकुटी बजार व्यवस्थापन समितिका अध्यक्ष उत्तम सिठुङ, भानु माविकी शिक्षक गंगा काफ्ले, मुना राना,  बाहुनडाँगी जेसीजका कानुनी सल्लाहकार कञ्चन उप्रेती, सहभागि लिला रिजाल, अस्मिता बेडारीलगायतले बोलेका थिए । कार्यक्रममा उत्कृष्ट सहभागि कमला तामाङले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…