•  अप्रिल-२६

    क्वालालम्पुर,

    तामाङ समाज मलेशियाले जोहोरबारु बातुपहाट स्थित Knil Textiles Mfg Sdn Bhd मा कार्यरत माया मिन्साङ बम्जन लाई आर्थिक सहयोग गरेको छ। चौतारा बतासछ-८ भोगाउ सिन्धुपाल्चोक निवासी बोम्जन बिरामी भइ नेपाल फर्केको केही दिनमै तामाङ समाज मलेसिया द्वारा उपचारको निमित्त मलेसियन रिंगिट १००९ ( रु. २७,२५० ) आर्थिक सहयोग गरेको हो।

    करिब डेढ महिना देखि पाठेघरको समस्याले थला परेकी बोम्जनको अवस्था नाजुक बन्दै गएको थियो। कम्पनिले सामान्य उपचार मात्रै गराएको र ढिला गरे अपरेसन गर्नु पर्ने देखिएको र साथै नेपाल फर्कन कम्पनी समक्ष मोटो रकम बुझाउनु पर्ने भएकोले आर्थिक समस्या झेलिरहेकी बोम्जनले आफ्नो उपचारको निमित्त आर्थिक जुटाउन मलेसियाका विभिन्न संघ सस्था र समाजसेवी सामु गुहार मागेकी थिइन।

    मलेसियामा रहेका केही संघ सस्था र समाजसेविहरुको सहयोगमा नेपाल पुगेकी बोम्जन लाई २००५ देखि मलेसियामा सेवा नै धर्म हो भन्ने मुला नाराका साथ समाजसेवामा छुट्टै पहिचान बनाउन सफल तामाङ समाज मलेसियाले उपचारार्थ रकम सङ्कलन गरि सहयोग गरेको छ।

    बिरामिको उपचार सफलताको शुभकामना गर्दै परदेशमा रहेर पनि पीडित लाई निस्वार्थ सहयोग गर्न पाउँदा तामाङ समाज मलेसिया खुसी रहेको सस्थाका अध्यक्ष टासी पाल्मो वाईबा ले बताएकी छन। साथै नेपालमा प्रत्यक्ष बिरामी भेटी, समाजका पुर्ब अध्यक्ष चक्र तामाङ र वाङ्जु वाईबाले उक्त रकम हस्तान्तरण गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…