• दाङ ।   दाङ महिला जेसिजले आफनो सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज असहाय बालबालिकाहरुलाई सहयोग गरेको छ ।
      दाङ महिला जेसिजका अध्यक्ष डोमा पाण्डेयको अध्यक्षता तथा राष्ट्रिय मानबअधिकार रक्षक संजालका जिल्ला अध्यक्ष शुष्मा गिरिको प्रमुख आतिथ्य एंव असहाय बालबिकास नेपालका कोषाध्यक्ष सिमा वलीको विशिष्ट आतिथ्यमा तुलसीपुर उपमहानगरपालिका बिजौरीमा रहेका असहाय बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।

    दाङ महिला जोसिजका कोषाध्यक्ष जिबा भुषालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय मानबअधिकार रक्षक संजालका जिल्ला अध्यक्ष शुष्मा गिरिले समाजमा गरिने यस्ता खालका सेवाले मानब धर्म अझैपनि जिवित छ भन्ने उदाहरण दिने गरेको बताउनुभयो  ।  दाङ महिला जेसिजका तालिम निर्देशक मंगला राणाले आस्थापाठ गराउनुभयको कार्यक्रमको सहजीकरण महासचिब ममता बिष्टले गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…