• १४ वैशाख २०७४
    भीमराज अधिकारी, पथरी
    मोरङको पथरीशनिश्चरेमा रहेको पञ्चायत माविले सव ओभरसियर उत्पादन गर्दै छ । यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले यतिबेला गाउँ गाउँमा गएर योजनाका कामहरु नियाली रहेका छन् । सिभिल इजिनियरिङ अन्तरगत सब ओभरसियर अध्ययनरत विद्यार्थीहरुले नगरका १० वटै वडाहरुमा गएर विकास निर्माणमा भइरहेको गतिविधिमा सहयोग पु¥याएका हुन् । 
    एस इ इ दिएर बसेका उनिहरु हेर्दा सानै उमेरका देखिन्छन् तर प्रविधिक काममा दक्ष इजिनियर जतिकै साइडका कामहरु हेर्ने गरेका छन् । उनिहरु भन्छन् हामी सुरुमा आउदा ढलाइको सामाग्री तयार गर्दा केही लापर्वाही हुन्थ्यो तर हामीले सुझाव दिएपछि अहिले राम्रो काम हुने गरेको छ । 
    नगरका इन्जिनियरले धेरै साइडहरु हेर्नुपर्ने हुदा भनेजति समय दिन नसकिरहेको अवस्थामा प्रक्टीकलका लागि फिल्डमा गएका उनिहरुले केही हद सम्म नाप्ने देखि कामको गुणस्तर समेत हेर्ने गरेका छन् । 
    सैद्धान्तिक ज्ञान मात्र घोकाइदै आएको आस्थामा यसरी विद्यालय कक्षा देखि नै प्राविधिक ज्ञान दिन सकिएमा उनिहरुको भविश्य मात्रै नभएर समाजले पनि एउटा दक्ष जनसक्ति पाउनेमा दूइ मत छैन् । 
    समाचार संकलनका क्रममा वडा नं. ३ को गोही होलीमा निर्माणाधिन रहेको पक्की पुलमा दैनिक रुपमा यी विद्यार्थीहरु खट्ने गरेका छन् । नगरको ३५ लाख उपभोक्ता र जनश्रमदान सहित गरेर ४० लाख ८२ हजार ४८० रुपैयाको लागतमा यो पुल निर्माण गरिने उपभोक्ता समिति अध्यक्ष चन्द्र बहादुर थेगिम लिम्बूले बताउनुभयो । तर उपभोक्ता समितिबाट उठाउनुपर्ने रकम उठ्न नसकेकाले आयोजनालाई असर पर्न सक्ने उहहाको भनाइ छ । चैत्र १२ गते देखि सुरु भएको निर्माण कार्य जेष्ठ १५ सम्ममा सक्ने योजना रहेको छ ।  १३.८० मिटर लम्बाइ र ५.५ मिटरको चौडाइमा बन्ने यो पुल निमार्ण भएमा हसन्दह, अमरदह देखिका व्यापारीहरुलाई उर्लाबारी मंगलबारे बजार पुग्न सहज हुनेछ । यस खोलामा पुलको अभावमा वषैँ देखि सर्वसाधारणले सास्ती व्यहोर्दै आएका थिए । 
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…