• काठमाडौं। नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकले महासमितिको बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गर्ने भएको छ। 
    शनिबार सकिने बैठकले महासमिति बैठकको मिति र स्थान को साथै जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गर्न लागेको हो।

    प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समिति सदस्यहरुले बोल्ने क्रम सकिएकाले शनिबार महासमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनका लागि प्रतिवेदन तयार गर्ने समितिहरु पनि गठन गरिने जानकारी दिए। उनले शनिबार अन्तिम दिन आउने महामन्त्रीको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिमा व्यक्त भएका धारणाहरु, जिल्ला जिल्लाबाट मागेका समिक्षाका प्रतिवेदन र पार्टीका विभिन्न स्थानमा भएका भेलाबाट आएका राय सुझाव समावेश गरिने बताए। 

    कांग्रेसले बैठक मार्फत निर्वाचनको समिक्षा गर्दे आगामी कार्यदिशा तय गर्ने छ। केन्द्रीय समिति बैठक गत चैत ९ गते देखि सुरु भएको थियो। चैत १६ गते केन्द्रीय सदस्य खुम बहादुर खड्काको निधन भएपछि शोक मनाउन बैठक केही दिन स्थगित गरिएको थियो। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…