• धनकुटा, १५ वैशाख, जिल्लाका सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको पठनपाठन शुरु भएपछि विद्यार्थीको आर्कषण बढ्न थालेको छ ।

    धनकुटा जिल्लाका सातवटा स्थानीय तहमा रहेका सामुदायिक विद्यालयले विद्यार्थी आर्कषण गर्नका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अंग्रेजी भाषाबाट पठनपाठन शुरु गर्न थालेका छन् ।

    विद्यार्थी संख्या अति न्यून हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालयले अंग्रजी भाषामा पठनपाठन शुरु गर्न थालेका हुन् ।

    जिल्लाका नगरपालिका र गाउँपालिकाका प्रायःजसो सबै सामुदायिक विद्यालयले नर्सरीदेखि कक्षा ३ सम्म यस शैक्षिक सत्रदेखि निजी विद्यालयले पढाउने अंग्रेजी भाषाका पाठ्यपुस्तक ल्याएर पठनपाठन थालेका जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ ।

    विद्यालयमा अंग्रेजी माध्यम शुरु भएसँगै निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुनथालेको मार्गेश्वरी प्राथमिक विद्यालय धनकुटाका शिक्षक टेकबहादुर खत्रीले बताउनुभयो ।

    जिल्लाका विभिन्न प्राथमिक विद्यालयमा बालविकास कार्यक्रम एवं शिशु कक्षा सञ्चालन भएका विद्यालयमा नर्सरी, एलकेजी, यु केजी नामाकरण गरी अंग्रेजी माध्यममा पढाई थालिएको छ । विद्यार्थी अभावमा समायोजन हुन लागेका विद्यालय समेत अंग्रजी माध्यमबाट पठनपाठन शुरु भएपछि विद्यार्थीको अध्याधिकचाप बढेको ज्वालादेवी प्राथमिक विद्यालय सेउलेका प्रधनाध्यापक रामहरि सुवेदीले बताउनुभयो ।

    सस्तो र घरपाएक गुणस्तरीय अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएसंगै अभिभावको सक्रियता र बालबालिका आर्कषण यसप्रति ह्वातै बढेको धनकुटा नगरपालिका भिरगाउँस्थित श्रीमान टंक माध्यामिक विद्यालयका प्रधानाध्यापक वासुदेव निरौलाले बताउनुभयो ।

    जिल्लामा रहेका हरेक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने छुट्टै दुई जनाशिक्षक व्यवस्था गरेका धनकुटा नगरपालिका– ३ का वडाअध्यक्ष विकाश घिमिरेले जानकारी दिनुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय अभिभावकले नर्सरीदेखि ३ कक्षासम्म अध्ययनरत बालबालिकालाई छुट्टै विद्यालय पोसाक र शैक्षिक सामग्री समेत उपलब्ध गराउन थालेका छन् ।

    जिल्ला शिक्षा कार्यालयको सर्वेक्षणमा जिल्लाका चार सय १२ सामुदायिक विद्यालयमध्ये १६ वटा समयोजन भएपनि थप चार दर्जन विद्यालय बन्द हुने जिल्ला शिक्षा अधिकारी रामबहादुर थापाले बताउनुभयो ।

    शिक्षा नियमावलीमा पहाडी क्षेत्रमा ४० विद्यार्थी बराबर एक शिक्षक तोकिएको भएपनि अतिन्यून विद्यार्थीका कारण सो नियमावली कार्यान्वयन हुन सकेको छैन । शिक्षा विभागले २० भन्दा कम विद्यार्थी भएका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गर्न निर्देशन दिएपनि सो पनि कार्यान्वयन नभएको जिल्ला शिक्षा अधिकारी थापाले बताउनुभयो ।

    कुल दुई सय ९६ सामुदायिक र ३० संस्थागत विद्यालय रहेको जिल्लामा शिक्षा क्षेत्रमा हुने अत्यधिक राजनीति, शिक्षकको लापरवाही र अंग्रेजी भाषातर्फ सर्वसाधरणको आकर्षणलगायतका कारणले सामुदायिक विद्यालयप्रतिको आकर्षण कम हुँदै गएको र अहिले त्यसमा व्यापक सुधार भइरहेको राष्ट्रिय अभिभावक संघका केन्द्रीय उपाध्यक्ष सुन्दरबाबु श्रेष्ठले बताउनुभयो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…