• बिर्तामोड । नेकपा एमालेनिकट युवा संघ नेपाल झापा जिल्ला कमिटीको अध्यक्षमा शम्भू भण्डारी  मनोनित भएका छन् । 
    तत्कालीन झापा अध्यक्ष त्रिलोचन सापकोटा हालै केन्द्रीय सदस्यमा मनोनित भएपछि जिल्ला कमिटीको शनिवार सम्पन्न भेला पुनर्गठन भएको हो । बिर्तामोडस्थित एमाले पार्टी कार्यालयमा भएको भेलाले जिल्ला उपाध्यक्षमा तत्कालीन सचिव नविन इजम, सचिवमा तत्कालीन सहसचिव सुमन थापा, सहसचिवमा तत्कालीन कोषाध्यक्ष विकास गिरी र कोषाध्यक्षमा तत्कालीन सचिवालय सदस्य सागर पोर्तेल चयन भएका छन् । जिल्ला कमिटी सदस्यहरु भने यथावत रहेका छन् ।

        त्यस्तै, १ नम्बर क्षेत्रीय इन्चार्जमा राजु धिमाल, २ नम्बर क्षेत्रीय इन्चार्जमा दिपक दुलाल, ३ नम्बर क्षेत्रीय इन्चार्जमा हर्क तामाङ, ४ नम्बर क्षेत्रीय इन्चार्जमा अग्नि कार्की र ५ नम्बर क्षेत्रीय इन्चार्जमा तीर्थ नेपाल चयन भएका छन् ।
     

    अघिल्लो समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…