• धनगढी । धनगढी जेसीजको आयोजनामा बैशाख १७ गते सोमवार बृहत साहित्यक महोत्सव हुने भएको छ । 
    होटल डिभोटीमा हुने उक्त साहित्यक महोत्सवमा देशका ख्यातीप्राप्त लेखक, साहित्यकार, कलाकार तथा पत्रकारहरुको सहभागिता रहने धनगढी जेसीजका अध्यक्ष यज्ञराज ओझाले बताउनु भयो । कार्यक्रम संयोजक दिनु भएको जानकारी अनुसार बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, लेखक नयनराज पाण्डे, महेशविक्रम शाह, हरिबहादुर थापा, अमर न्यौपाने, युग पाठक, र शिवानीसिंह थारुको बृहत सहभागितामा साहित्यक महोत्सव हुन लागेको हो । 
    फाइनप्रिन्ट फिभरको संयोजकत्वमा हुने उक्त महोत्सव बिहान ११ बजेबाट बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा साहित्यक विषयमा आधारति रहेर अन्तक्रिया तथा परामर्श गरिने अध्यक्ष यज्ञराज ओझाले बताउनु भयो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…