• झापा । झापा जिल्लामा १० प्रतिशत बालबालिका अझै नियमति खोप लिनबाट वञ्चित भएका छन् । झापामा ८ नगरपालिका र ७ गाँउपालिका गरी १५ वटा स्थानीय तह रहेको छ । जसमध्ये बिर्तामोड नगरपालिका, दमक नगरपलिका, गौरिगञ्ज गाँउपालिका र मेचीनगर नगरपालिका केही वडाका बालबालिका नियमित खोप लिनबाट बञ्चित रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

    स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य महाशाखा र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको संयुक्त आयोजना शनिवार बिर्तामोडमा भएको खोप कार्यक्रम सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाहरुसंग गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै जनस्वास्थ्यका खोप अधिकृत इश्वरी पौडेलले झापामा ९१ हजार ७ सय ३७ जना ५ बर्ष मुनिका बालबालिका रहेपनि १० प्रतिशत बालबालिका खोप लिनबाट बञ्चित रहेको बताए ।

    ‘झापालाई २०७५ बैशाख भित्र पूर्ण खोप जिल्लाको रुपमा घोषणा गर्ने अभियान थियो, उनले भने– ‘चार वटा स्थानीय तहमा अझै खोप अभियानले पूर्णता नपाउँदा असार मसान्त भित्र जिल्लालाई पूर्ण खोप घोषणा गर्ने छौ ।’ मेचीनगरका धुलावारी, काँकडभिट्टा र गौरीगञ्जका खजुरगाछीमा धेरै बालबालिका पोलियो, दादुरा, सिआरएस, जेई, धनुष्टांकर लगायतका खोप लिनबाट बञ्चित भएको प्रमुख जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले बताए ।

    देशभरमा २२ प्रतिशत बालबालिका नियमित खोप लिनबाट अझै बञ्चित रहेको बाल स्वास्थ्य महाशाखाका प्रमुख कृष्णबहादुर चन्दले बताए । उनले भने– ‘सन् २०१७ भित्रै नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने अभियान चलाइएपनि हाल सम्म ४२ जिल्ला मात्रै पूर्ण खोपयुक्त जिल्ला घोषण भएका छन् ।’ नेपालमा २०३४ सालदेखि खोप अभियान सुरु भएको बताउँदै उनले भने– ‘खोपकै कारण २० प्रतिशत बालबालिकालाई मृत्युबाट बचाउन सफल भएका छौ ।’

    महाशाखा प्रमुख चन्दले स्वास्थ्यमकर्मी कार्यालय समय सम्म स्वास्थ्य संस्थामा नबस्दा बालबालिका खोप लिनबाट बञ्चित हुनु परेको बताए । त्यस्तै खोप कार्यक्रम अधिकृत बसन्त श्रेष्ठले नेपालमा सन् २०११ मा ८७ प्रतिशत बालबालिका खोपको पहुँचमा थियो । तर, सन २०१६ मा ७८ प्रतिशत बालबालिकामा मात्रै खोपको पहुँच पुगेको बताए । उनले भने– ‘यो क्रम घट्दो रहेकोले पूर्ण खोपयुक्त अभियान सफल हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…