• झापा । १२९ औँ अन्तरािष्ट्रय श्रमिक दिवसको अवसर पारेर वीरता लेडी जेसीजले महिला इ रिक्सा चालक शान्ता राईलाई सम्मान गरेको छ । राईलाई विर्तामोडमा आयोजित एक कार्यक्रमकाबिच नगदसहित सम्मान गरिएको हो । 
    यसैगरी जेसीजले ट्राफिक नियम तथा महिला हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम र अन्तरक्रिया समेत गरेको थियो । 
    शाखा अध्यक्ष नम्रता रिजालको सभापतित्व तथा नेपाल महिला संघ झापाकी अध्यक्ष सुशिला ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि ट्राफिक प्रहरी कार्यालय झापाका सइ कालिदास रेग्मी, अधिवक्त लक्ष्मी खनाल, शाखाका पूर्व अध्यक्षलगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक युनिता दवाडीले स्वागत गरेको कार्यक्रमसंगीता गिरीले आस्था वाचन तथा महासचिव सरु खनालले सञ्चालन गर्नु भएको थियो । 
    यसैगरी, भद्रपुर जेसीजको आयोजनामा ५ दिने उद्घोषण तालिम सुरु भएको छ । भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सुरु तालिममा नेपाल जेसीजका प्रशिक्षक कैलाश खाकीले सहजीकरण गर्नेछन् । जिल्ला समन्वय समितिको सहभाहलमा सुरु तालिममा ५० जना भन्दा धेरैको सहभागिता रहेको छ । शाखा अध्यक्ष सोम ढुङ्गेलको सभापतित्वमा भएको तालिमको उद्घाटन भद्रपुर नगरका प्रमुख जीवन श्रेष्ठले गर्नुभएको थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…