• काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता, जनता र मुलुकको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर साँगठनिक गतिविधिलाई तिव्रता दिन पार्टीका जनवर्गीय संगठनका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

    आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले भातृ संगठनहरु पार्टी जस्तै समानान्तर ढंगले अगाडी बढ्नु पर्ने आवश्यकता औंल्याए। उनले अहिले निष्कृय भएर बस्ने कसैलाई छुट छैन भन्दै संगठनलाई क्रियाशील, जिवन्त र जुझारु बनाईराख्न “बार्षिक कार्ययोजना” बनाएर संगठनलाई चुस्त बनाउनु पर्नेमा जोड दिए।

    बलियो एजेण्डा र राष्ट्रवादी प्रजातान्त्रिक धारलाई बोकेर अगाडि बढिरहेको पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी र हस्तक्षेपकारी भूमिकामा ल्याउनको लागि बलियो संगठनको विकल्प नभएको चर्चा गर्दै थापाले जनताको विश्वास जित्नको निमित्त जनतामा जानुपर्ने र राप्रपाप्रति छरिएका नकारात्मक भ्रमलाई चिर्नको निमित्त चनाखो हुन समेत सवैलाई सचेत गराए।

    सो अवसरमा १७ वटा जनवर्गीय संगठनका प्रमुखहरुले संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए। कार्यक्रममा पूर्व राज्यमन्त्री भास्कर भद्रा र सहायक महामन्त्री राजाराम बर्तौलाको समेत उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…