• मोरङ। गत चैत्र २५ गते गोली प्रहारबाट घाईते भई उपचार गराई रहेका हिन्दू धर्मगुरु स्वामी श्रीनिवासाचार्य आइतवार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

    विराटनगर स्थित जतुवामा आयोजित श्रीमद् भागवत पुराणमा सहभागी हुन आउनुभएका श्रीनिवासाचार्य माथि अज्ञात समुहले गोली प्रहार भएको थियो । दाहिने छात्तीको माथिल्लो भागमा गोली लागि गम्भीर घाईते भएका श्रीनिवासाचार्य स्थानीय न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उपचारपछि उहांको अवस्था सामान्य हुंदै गएपछि अस्पतालले आइतवार डिस्चार्ज गरेको हो ।

    अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरेर सो बिषयमा जानकारी गरएको हो । न्यूरो अस्पतालका अधिकृत तुलसी उप्रेतीले विभिन्न चरणको उपचारपछि अवस्था सुधारोन्मुख भएपछि उहांलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमास्वामी श्रीनिवासाचार्यले घटनापछि आफुले पुर्नजीवन पाएको प्रतिक्रिया दिनुहुंदै विगतझैं धार्मिक कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो ।

    अस्पतालबाट डिस्चार्ज पछि चिकित्सकहरुले आराम गर्दै औषधि सेवन गर्ने सल्लाह दिएपछि श्रीनिवासाचार्य दिउँसोको उडानबाट काठमाण्डौ प्रस्थान गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…