• पथरी  वैशाख १६ ।मोरङको पथरीशनिश्चरे नगरपालिकामा स्थापित पहिलो रेडियो स्टेशन रेडियो सिम्रिकले आयोजनामा गरेको सिम्रिक आर.जे.हन्ट २०१८ को ग्रान्ड फिनाले सम्पन्न भएको छ । सो प्रतियोगिताको हिमाल दिप शंकरले आफ्नो पोल्टामा पारेका छन् । शनिबार पथरीशनिश्चरेमा भएको यो कार्यक्रम प्रदेश नं. १ मै पहिलो पटक भएको आयोजकले जनाएको छ ।

          वैशाख ८ गतेदेखि सञ्चालन भएको व्यक्तित्व विकास तथा रेडियो उद्घोषण तालिको ग्राण्ड फिनाले विशेष कार्यक्रमका बीच सिम्रिक आर.जे. हन्ट २०१८ घोषणा गरिएको हो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व रेडियो सिम्रिकका व्यवस्थापन समितिका अध्यक्ष अमिर राईले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले भर्खरै देशले संघीयताको अभ्यास गरिरहेकोले कार्य क्षेत्रको बारेमा जनता अलमलिरहेको बताउनुभयो । उहाँले केन्द्रका प्रतिभाले सहजै चर्चा पाउन गाह्रो भैरहेको अवस्थामा सिम्रिक आरजे हन्टले मोफसलमा लुकेर रहेको प्रतिभालाई उजागार गर्न मद्दत गरेको उल्लेख गर्नुभयो ।

          रेडियो सिम्रिक आर.जे. हन्ट २०१८ को टाइटल मोरङ मिक्लाजुङका हिमाल दिप शंकरले जितेका हुन् । त्यस्तै अन्य विधाहरुमा उत्कृष्ट कार्यक्रम प्रस्तोता कविता राई, उत्कृष्ट मन्चीय उद्घोष मिना तामाङ, उत्कृष्ट कार्यक्रम उत्पादक अनिता गौतम र उत्कृष्ट समाचार वाचक एलिना दियाली घोषित भएका छन् । सिम्रिक आर.जे. हन्टमा उत्कृष्टमा उत्कृष्ट १० मा पर्न सफल सबै प्रतियोगीलाई रेडियो सिम्रिकले रोजगारी समेत प्रदान गर्ने रेडियोका स्टेशन म्यानेजर अशोक साम्पाङले बताउनुभयो ।

          एक हप्ता अघि सुरु भएको व्यक्तित्व विकास तथा रेडियो उद्घोषण तालिमको सहजीकरण एक्सन डेभलपमेन्ट मिडिया सेन्टरका निर्दशक शिरोमणि दवाडीले गर्नुभएको थियो । यस्तै हन्टको ग्रान्ड फिनालेमा गायक श्रीकृष्ण लुइटेल, सञ्चारकर्मी÷निर्देशक सन्तोष राई, भिजे÷मोडल सृजना सुब्बा र शिरोमणि दवाडीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…