• काठमाडौं,१६ बैशाख । नेपाली कांग्रेसका पुर्व महामन्त्री एबं प्रभावशाली नेता स्व‍‍. खुमबहादुर खड्काका छोरा अनुराग खड्काले राजनीति सक्रियता ह्वात्तै बढाएकाछन् ।

    पछिल्लो हप्ता दाङको राजनीति यात्रागरि ललितपुर स्थित शानेपा खड्का निवासमा आराम गरिरहेका अनुरागको चेहेरा निकै तेज देखिएको छ । 

    बाबु गुमाएको पिडाको शोकलाई शक्तीमा बदल्ने उनको प्रण अव नरोकीने गरि अघि बढ्नेछ ।

    उनी सक्रिय भएर जनताको सुख - दुखको साथी र कांग्रेसी सिपाही बनेकाछन् । दंगालीले आफ्ना बाबुलाई देखाएको न्यानो माया आफूले कहिल्यै बिर्सन नसक्नेमात्र बताएनन्। अब पार्टीका केन्द्रिय नेता ज्यूहरु र जिल्लाका नेता ज्यूहरुको साथ साथमा आफु सक्रिय हुने पनि बताए । 

    बुबाको १३औँ दिनको पुण्य तिथिमा सतवरियामा आयोजित श्रद्धाञ्जलिसभामा परिवारको तर्फबाट सहभागीहरूलाई धन्यवाद दिँदै खुमबहादुरका एक्ला छोरा अनुरागले राजनीतिमा आउने संकेत गरेका थिए । उनको सक्रियता पनि त्यसरिनै अघि बढेको छ । 

    ‘बुबाका अधूरा सपना पूरा गर्न राजनीतिमा आउने सोच बनाएको छु। ‘मेरो बुबाको जस्तै तपाईंहरूको साथ र समर्थन मलाई पनि अवश्य हुनेछ।’उनले शभा सम्बोधन गर्ने क्रममा भन्दै आएकाछन् । अहिले सम्म उनले धेरै शभा र कार्यक्रम सम्बोधन मात्र गरेका छैनन् ,प्रत्यक्ष जनताको दुख - सुख समेत बटुली सकेकाछन् । 

    नेता खड्का स्वर्गिय भएको आज ३० औं दिन हो । स्वर्गीय खुमबहादुर खड्काको बैशाख ३० गते ४५ दिन पुग्नेछ । ४५ दिनको काम सक्नेवित्तिकै अनुराग ३,४ महिनाको अध्ययनका लागि बेलायत जानेछन् ।

    पछिल्ला केहि बर्षदेखी विरामी अवस्थामा रहेका नेता खड्का अचानक स्वास्थ्य अवस्था नाजुक भएपछि छोरालाई दाङ्गसँगै लैजाने इच्छा अधुरै रह्यो । छोराले बुबाको मन बुझेझै राजनीतिक सक्रियता बढाएकोले राष्ट्रियरुपमा चर्चा चलिरहेको छ ।

    शनिबारमात्रै गृहजिल्ला दाङको घोराही उपमहानगरपालिका अन्तर्गत धर्नासहितका विभिन्न गाउँमा पुगेर आफू कांग्रेसको सक्रिय राजनीतिमा रहने दोहोर्याए ।

    दाङ कांग्रेसका क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगीका अनुसार अनुराग खड्काले आफ्नो पढाइ पूरा हुनेवित्तिकै कांग्रेसको सक्रिय राजनीतिमा लाग्ने बताए । 

    अनुरागले धर्नाको कप्तान चोक, दलजितपुर, बसन्तपुर, डाँगीगाउँसहितका स्थानमा पुगेर कांग्रेसका स्थानीय कार्यकर्तासँग भेटघाट गरे । 

    अनुरागले आफ्ना बाबुको जन्म भएको डाँगीगाउँस्थित पुर्खौली घरमा पुगेर केही समय विताए ।

    अनुराग जहाँ–जहाँ पुगे सबैले राजनीतिमा आएर बाबुले गरेको समाज सेवा र विकास निर्माणलाई निरन्तरता दिन सुझाए । त्यसो त अनुरागसँग फोटो समेत खिचाउनेको भिड पनि उत्तिकै देखिन्थियो ।

    स्वर्गीय खड्काको पहलमा बन्दै गरेको नारायणपुर, पटुकीमराही, डाँगीगाउँ, भैँसापत्र हुँदै रिहारसम्म जोड्नका लागि सडकको काम हुँदै छ । त्यो सडकको कामका बारेमा पनि अनुरागले चासो राखे । उक्त सडकको नाम ‘खुमबहादुर खड्का मार्ग’ नामाकरण गरिने क्षेत्रीय सभापति डाँगीले बताए ।

    अनुरागसँगै दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं. २ का सभापति भुपबहादुर डाँगी, दाङ कांग्रेसका नेता भरतबहादुर न्यौपाने, कर्णबहादुर बुढाथोकी, नेपाल महिला संघकी केन्द्रीय सदस्य गिरिजा न्यौपाने, मधु न्यौपाने, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा राउतसहितका स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती थियो । 

    खुमबहादुरका छोरा अनुरागको सक्रियताले दङ्गालीहरुमा उत्साह देखिएको छ । 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…