मेचीनगर । मेचीनगरका सबै बालबालिकालाई विद्यालय भर्ना गराउने लक्ष्यलाई पुरा गर्नका लागि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले ३३ जना विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् ।
बिहिवार अरनिको निमावि मेचीनगर ७ मा आयोजित एक कार्यक्रमकाबिच उनीहरुलाई भर्ना गरिएको हो ।
आर्थिक अवस्थाका कारण विद्यालय जान नसकेका र विद्यालय गएर पनि निरन्तर सहभागि हुन नसक्ने विद्यार्थीहरुका लागि नगर प्रमुख आचार्यले कक्षा १ देखि १० सम्म लाग्ने सम्पूर्ण खर्च आफ्नै व्यक्तिगतर्फबाट उनीहरुको शिक्षामा लगानी गर्ने उदेश्यका साथ उनीहरुलाई भर्ना गरिएको हो ।
प्रमुख आचार्यले नगरका अन्य क्षेत्रमा रहेका बालबालिका जो विद्यालय जानबाट बञ्चित छन् उनीहरुका लागि पनि यो अभियान निरन्तर लैजाने आचार्यका सोकिय सचिव विजय भट्टराईले जानकारी दिए ।