• रातोकलम/ ऊ बेला २५ सय ५६ बर्ष अघि हावाहुरी चलिरहेको त्यो निष्पट्ट रातको मध्यमा हत्या हिंसा र मानवीयव लोभ इर्ष्याबाट आजित राजकुमार सिद्धार्थ गौतम दरबारको बिलासी जीवन त्यागेर अचानक तत्व ज्ञानको खोजीमा निस्किए। २६ बर्षे ती जवान राजकुमारले मध्यराती सुटुक्क दरबारको संघार नाघेर हिँडेपछी शुरू भएको थियो हिंसा र लोभ बिरुद्धको महाज्ञानको यात्रा। 

    कपिलवस्तुको लुम्बिनी स्थित दरबारबाट अचानक हराएका सिद्धार्थ गौतम जाँदाजाँदा भारतको कुशीनगर भन्ने ठाउँमा पुगे। त्यहाँको एकान्त स्थलमा एउटा पीपलको रुखमुनी बसेर हिंसा बिहीन संसारको परिकल्पनामा लामो  समयसम्म कठोर तपस्या गरे। 

    आफ्नो जीवनको २९ औं वसन्तमा राजविलास त्यागेर शान्तिको खोजीमा निस्किए पछि ६ वर्षे निरन्तर चिन्तन वा तपस्या पछि अन्तत: ३५ बर्षको उमेरमा अहिँसा र शान्ती नै जीवनको सर्बश्रेष्ठ सुख हो भन्ने निष्कर्षमा पुगे।

    राजा शुद्धोधन र रानी कौशल्यवतीका सुपुत्र हिंसा र बैमनस्यताले बैरभाव र शोकमात्र निम्त्याउँछ । भौतिक सुख सयल क्षणिक हो। वास्तविक सुख वा स्थायी आनन्द मिलाप र स्नेही कर्मबाट नै  भेटाउन सकिन्छ भन्ने निष्कर्षमा पुगे। 

    आफूले प्राप्त गरेको सो ज्ञान सबै मानिसहरुलाई बुझाउन सके मानवको भौतिक सुखभोगको लोभ, रिस र अहंकारको बीष समाप्तभइ संसारमा शान्ती र स्थाई अमन चैन स्थापित गर्न सकिन्छ भन्ने दृढ बिस्वासकासाथ आफुले प्राप्त गरेको ज्ञान अरुहरुलाई बाँड्न थाले। ज्ञान प्राप्ती पछि उनलाई गौतम बुद्ध भनिन थालियो। उनलाई भगवानको रुपमा मान्न थालियो। र बुद्ध शिक्षालाई मानिसहरुले धर्मको रुपमा अपनाउन थाले। उनलाई एसियाको तारा भनेर पनि चिनिन्छ।

    करिब ४०;वर्षसम्म शान्ती र अहिंसाको क्षिक्षा बाँड्दाँड्दै ८० वर्षको उमेरमा महामानव बुद्धको मृत्यु भयो। बौद्ध ग्रन्थहरुमा यसलाई महानिर्वाण भनिएको छ। महामानव बुद्धको यहि जन्म, ज्ञान प्राप्ती र महा निर्वाणको त्रीसंयोग तिथिलाई हरेक बर्ष बुद्ध जयन्तीका रुपमा उत्सव  मनाईन्छ । सारांशमा यहि नै बुद्धको जीवनी हो।

    बुद्धत्व एक ज्ञान हो। यो आदर्श हो  । सादा तर शान्त जीवन जीउने एकमात्र सिद्धान्त हो। उनका शिष्य तथा अनुयायीहरुले यो महाज्ञानलाई प्रसार गर्दै लगे। मानिसहरुले यसलाई स्वच्छ धर्मका रुपमा मान्न थाले। 

    हिंस्रक लडाईंमस अग्रसर, घातक हतियारहरुले सुसज्जित आजको यो लोभ र क्रोधयुक्त दुनियाँमा बुद्धत्वको महत्व झन्नझन्  चुलिंदै गएको छ।

    महामानव बुद्धलाई हिन्दु धर्मालम्बीहरुले बिष्णुको दस अवतार मध्येको एक अवतार मानेर पूजा गर्दछन्। त्यसैले हरेक बर्ष हिन्दुहरुले पनि बुद्ध पूर्णिमाको दिनलाई उत्सवका रुपमा मनाउँछन्। महामानव बुद्धको जन्म, ज्ञान प्राप्ती र महानिर्वाण को त्रीसंयोग दिवस आज २५ सय ६२औं बुद्ध जयन्ती। देश बिदेशमा विभिन्न कार्यक्रम गरि मनाईंदैछ। यस अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। 

    बुद्ध क्षिक्षाको मुख्य संग्रह त्रीपिटकमा दु:ख हरण र  शान्तिका निम्ति बुद्धले प्रतिपादन गरेका ८४ हजार ज्ञान सुत्रहरु संग्रहित छन्। 

    नेपालमा त्रिभुवन बिश्वबिद्धालय, नेपाल संस्कृत बिश्वबिद्धालय, र लुम्बिनी बौद्ध बिश्वबिद्धालयमा बौद्ध दर्शन बिषयको अध्ययन अध्यापन हुँदै आएको छ। 

    बिश्वका ३५ करोडभन्दा बढी मानिसहरुले बुद्ध धर्म मान्दै आएका छन्  । बुद्ध धर्म बिश्वको चौथो ठूलो धर्म हो। 

    नेपाल बाहेक बिश्वका विभिन्न मुलुकमा बुद्ध धर्म स्थापित छ। सन् २००९ को जन गणना अनुसार भारतमा कुल जनसंख्याको 0.८०% ले बुद्ध धर्म मान्दछन्। २०११ को गणना अनुसार श्रीलंकामा ७०.२ प्रतिशत, २०१४ को गणना अनुसार म्यानमारमा ८८ प्रतिशत, २०१० को गणना अनुसार चीनमा १८.२ प्रतिशत (संसारमा सबैभन्दा धेरै संख्या), २०१८ को गणना अनुसार भुटानमा ७५.३ प्रतिशत, २०१० को गणना अनुसार मंगोलियामा ५३ प्रतिशत, थाइल्याण्डमा ९३.२० प्रतिशत, कम्बोडियामा ९७ प्रतिशत, २०१४ को गणना अनुसार भियतनाममा १२.२ प्रतिशत, लाओसमा ६७ प्रतिशत, २००८ को गणना अनुसार जापानमा ३७ प्रतिशत, २०१५ को गणना अनुसार दक्षिण कोरियामा १५ प्रतिशत ( त्यहाँ ५७% भन्दा बढिले कुनैपनी धर्म मान्दैनन्), अस्ट्रेलियामा ३ प्रतिशत,  सिंगपुरमा ३५ प्रतिशत, ब्रुनैइमा १३ प्रतिशत, मलेशियामा २३ प्रतिशत मानिसले बुद्ध धर्म मान्दछन्। १९ औं शताब्दीमा मात्र युरोपमा बिस्तार भएको बुद्ध धर्मका अनुयायीहरु लगभग ४ मिलियन रहेका छन्। 

    २००७ को जनगणना अनुसार ०.७ प्रतिशत अनुयायी रहेको अमेरिकामा बुद्ध धर्म तेस्रो ठूलो धर्म हो। 

     

     

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…