• १६ बैशाख २०७५, पथरी

    मोरङको पथरीमा रहेको रेडियो सिम्रीकले आयोजना गरेको सिम्रीक आर जे हन्ट २०१८ को उपाधी मिक्लाजुङका हिमाल दिप शंकरले जित्नुभएको छ । 
    यहि वैशाख ८ गते देखि सुरु गरिएको रेडियो उद्घोषण तथा व्यक्तित्व विकास तालिमलाई आर जे हन्टको नामबाट सञ्चालन गरिएको हो । १ हप्ताको प्रशिक्षण पश्चात हिजो पथरीमा रहेको गोर्खा डिपार्टमेन्ट सेन्टरको हलमा औपचारिक कार्यक्रम गरी उपाधी बिजेता घोषणा गरिएको हो । 
    औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की रहनुभएको थियो । कार्यक्रममा बोल्दै कार्कीले हाल ३ वटै तहमा सरकार गठन भएकाले जनताको कुनैपनि समस्या समाधान गर्न सक्ने बताउनुभयो । केन्द्रमा हुने छिटो चर्चामा आउने तर मोफसलमा रहेका त्यती नै क्षमता भएका मानिसलाई अगाडी आउन कठिन रहेको पनि उहाले चर्चा गर्नुभयो ,
    नेपालको संविधानले प्रदेशलाई आफनो पैसा छाप्ने, अन्तराष्ट्रिय सम्बन्ध स्थापना गर्ने र देशको सुरक्षा अर्थात सेना परिचालन गर्ने ३ वटा बाहेक सम्पूर्ण अधिकार दिएकाले कानुन निर्माण गर्ने क्रममा रहेको पनि कार्कीले बताउनुभयो । 
    आर जे हन्टका अन्य उत्कृष्ट पाचवटा विधामा राम्रो समाचार बाचकमा ताप्लेजुङकी एलिना दियाली, राम्रो स्वर हिमाल दिप शंकर, राम्रो स्टेज कार्यक्रम प्रस्तोता मिना तामाङ, राम्रो रेडियो कार्यक्रम संचालक कविता राई र राम्रो कार्यक्रम उत्पादकमा अनिता गौतमले उपाधी हात पारेका छन् । उपाधी विजेता ५ जनाले नै रेडियो सिम्रीकमा जागिर पाउने छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…