• १७ वैशाख २०७५, पथरी

    मोरङको पथरी शनिश्चरे ९ मा रहेको भागीरथ माविको सभाहलमा निशुल्क युवा स्वरोजगार लोक सेवा तयारी कक्षा संञ्चालन हिजो बाट सुरु भएको छ ।
    नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय परिषद पथरीशनिश्चरेको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं १ का माननिय सासंद कृष्ण कुमारी राईले कार्यक्रममा बोल्दै उहाले हरेक क्षेत्रको विकाश गर्न संघर्ष गरी श्रम र लगनशिलताले मात्र अगाडी बढ्न सकिने बताउनु भयो ।
    यसैगरी, विशिष्ट अतिथी नेपाल आदीवासी जनजाती महासघ मोरङका अध्यक्ष नर बहादुर मोत्तानले कुनै पनि जातजातिमा भेदभाव नगरी आफ्नो लगनशिलता र क्षमताले अघि बढ्न सकिने बताउनु भयो ।
    उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर संयोजक जहरमान लिम्वु, आदिवासी जनजाती पत्रकार संघका फिपराज बेघा, वडा नं ९ का वडा सदस्य निर्मला गदाल, भागीरथ माविका प्रधानाध्यापक डिल्लीराज दाहाल लगायतको उपस्थीती रहेको थियो ।
    लोकसेवा तयारी कक्षा हिजो वैशाख १६ गतेबाट जेठ १६ गते सम्म संचालन हुनेछ ।  उक्त १ महिने कार्यक्रमको सहजिकरण उप–सचिव तेज बहादुर खड्काले गर्नुहुनेछ । कार्यक्रमको संचालन भने नेपाल आदीवासी जनजाती महासघ समन्वय परिषदका सचिव देवेनद्र वनेमले गर्नु भएको थियो सभापतित्व अध्यक्ष चन्द्रकुमार तामाङको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…