• दमक,१७ बैशाख / झापा, दमकका एक तीन बर्से बालकको संगीत साधना देखेर मानिसहरु छक्क पर्छन् । मादलमा व्यस्त देखिने ती बच्चाको दैनिकी देखेर जोकोहि अचम्भितनै हुन्छन् । देख्नेको एउटै जिज्ञासा हुन्छ, बच्चाले कसरी यतिका जान्यो ?
    संगीतमा साधनारत दमक–८ की हेमन्त र आमा कमला खनालका छोरा रियाजको मादल मोहले धेरैलाई आश्चर्य बनाएको छ । मानिसलाई अभ्यासले अभ्यस्त बनाएको हुन्छ भन्ने ठान्छन् खनाल दम्पत्ती । विहानी कला केन्द्रकी संगीत प्रशिक्षक समेत रहेकी कमलाले छोराको मादल बजाउने मोह बढ्दै गएको बताउछिन् । उनले परिवारका दैनिकी देखेरेनै उनमा संगीत मोह बढेको ठान्छिन् ।
    मज्जाले मादल बजाउन सक्ने प्रतिभा छ उनमा । मादल बजाउनु उनको शोखनै बनेको छ । ‘मादल देख्यो कि बजाउन थालिहाल्छन् ’ आमा कमलाले भनिन्, –‘ मादल नहुदाँ बरु खानखादैन्, मादल हरपल चाहिन्छ उनलाई । ’ राम्रोसंग बोली समेत नफुटेका ३ बर्षिय रियाजले आज भन्दा ६ महिना अघि देखिनै मादल बजाउन थालेका हुन् । ‘कख संगै मादल सिक्दै छन् ’ संगीतसंगै दमक बहुमुखी सहकारीका व्यवस्थापक समेत रहेका उनका बुबा हेमन्तको भनाई छ ।
    कलिलो उमेरमा यसरी बजाउन थालेका रियाजको साधना देखेर पूर्वका प्रसिद्ध मादलवादक राम बिष्ट चमत्कारनै भएको ठान्छन् । उनले बच्चाको कलालाई देखेर मादलनै उपहार दिएका छन् । बिष्टले रियाजलाई थप हौसला पुगोस् भनेर मादल दिएको बताए । भन्छन्,–‘ बच्चाको सुरतालले मादलमा यतिका बच्चा कतै छैनन् ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…