• दमक /  झापाको दमकमा बैशाख १९ गते शुरु हुन लागेको मोसफलकै सर्वाधिक राशीको दमक गोल्डकप प्रतियोगितामा प्रधानमन्त्री केपी शर्मा ओली आउने भएका छन् । प्रतियोगिताको उद्घाटन गर्न प्रम ओली दमक आउन लागेका हुन् ।

    आफनो निर्वाचन क्षेत्र रहेको दमकमा पहिलो पटक आयोजना हुन लागेको फूटबल प्रतियोगिताको उद्घाटन गर्न प्रम ओली आउन लागेका आयोजक दमक खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईले जानकारी दिए । गोल्डकपमा रमपम चाउचाउले मुख्य प्रायोजकको सहयोग गरेको छ ।

    अध्यक्ष प्रसाई अनुसार दमकलाई खेलकुदको शहरका रुपमा चिनाउने उद्देश्यले गोल्डकपको आयोजना गरिएको र त्यसका लागि आवश्यक सवै तयारी पूरा भएको छ । गोल्डकपको तयारी स्वरुप खेल ५ हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण कार्य सम्पन्न भइसकेको छ । स्थानीय दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुने सो प्रतियोगिता हेर्नका लागि आयोजकले यसपटक टिकटको व्यवस्था गरेको छ । प्रवेशका लागि रु १ सय देखि ३ सयसम्मका टिकट राखिने छन् ।

    गोल्डकपको फाइनल खेल बैशाख २८ गते हुने छ । विजेताले नगद रु १३ लाख ५१ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिव रु १ करोड ३६ लाख रुपैया लाग्ने आयोजकको अनुमान छ ।

    प्रतियोगिताका प्रचार संयोजक चन्द्र खत्रीका अनुसार उद्घाटन खेलमा रमपम झापा ११ र मदन भण्डारी स्पोर्टस एकाडमीवी प्रतिष्पर्धा हुने छ ।दोश्रो दिनको खेल आयोजक दमक र करेन्ट रुपन्देही ,तेश्रो दिन शसस्त्र प्रहरीको विभागिय टिमले पहिलो दिनको विजेता टिम संग भिड्ने छन् । त्यस्तै खेलको चौथो दिन त्रिभुवन आर्मीले दोश्रो दिनको विजेता टिम वीच भिड्ने छन् । यसैगरि, पाचौ दिनमा नेपाल पुलिस र थ्रि स्टार क्लव, छैठौ दिन सरस्वती यूथ क्लव र मनाङ मर्र्याङस्दी वीच पहिलो चरणका खेलहरु हुने खेल टिम व्यवस्थापन संयोजक प्रेम पाण्डेले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…