• लोहनी : सर जय नेपाल। अघि मैले जाहेर गरेको थिएँ नि उस (गोरे)ले त्यहाँ हत्या भएको मान्छेको शवको फोटो पठाएको छ। शव गाडीमा राखेको छ रे। सुन तस्कर हो सर, उसको ‘निक नेम’ चाहिँ गोरे रहेछ, ऊ आर्मीबाट भागेर आएको रहेछ सर। पहिला सिआइबीले बरामद गरेको सुन पनि यहीं जोडिन्छ। पर्दा पछाडिको मान्छे हो सर। पहिलापहिला प्रहरीसँग पनि डिल गर्दो रहेछ। उसले डिल गर्दा सुन लुट्नुपर्छ र आधा दिनुपर्छ भन्दो रहेछ। यसले काठमाडौंबाट तीन जना अपहरण गरेर लगेकोमा एक जना मारेको र दुई जना घाइते भएका छन् रे सर। उसले प्रहरीलाई शव सेटल गर्न अफर गरेको छ। दुई करोड दिन्छु भनेको छ सर। मैले हुन्छ भन्न लगाएर उसलाई जसरी नि पक्राउ गर्ने नीति लिएको छु सर। त्यसकै लागि डिएसपी र दुई जना केटाहरु पठाएको छु सर। मोरङको एसपीसँग कुरा गरेको छु। उसले मानिस मारेर गाडीमा राखेको छ, एकदमै बदमास मानिस हो। लुटेको सुन २०–२२ किलो छ भन्ने सुन्नमा आएको छ। त्यो सुन एउटी महिलासँग छ भन्ने सूचना आएको छ सर। यस्तो सूचना चुहियो भने यो भाग्न सक्छ सर, प्रहरीलाई यसरी किनेको छ कि नेपाल प्रहरीका केही अफिसर्सले थाहा पाए भने सूचना तुरुन्तै चुहिन्छ सर।

    कावा आइजिपी भण्डारी : ठिक छ, त्यसलाई पक्राउ गर अनुसन्धान गर । मोरङ प्रहरीलाई गोप्य राखेर काम अघि बढाउन भन। अरु ठिक छ। गोअहेड सकेसम्म घाइेतेहरुलाई सकुशल नियन्त्रणमा लिनू।

    लोहनी : मोरङ प्रहरीलाई थप मद्दत र एक्सट्रा हतियारको व्यवस्था गर्न भनेको छु सर। नागरिक दैनिकबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…