• उर्लाबारी, बैशाख १८ । पछिल्लो समय युटुव तथा सामाजिक संजालहरुमा भाइरल बनिरहेका झापा दमकका अशोक दर्जिलाई निःशुल्क १० कक्षासम्म पढाउने कागजी सहमति भएको छ । उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले अशोकलाई होस्टल सहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको हो । सोमबार उर्लाबारीका समाजसेवी पूर्ण वाइवा, पत्रकार किसोर श्रेष्ठ, विवेक हिङमाङ लगायत स्थानीयहरुको उपस्थितीमा अशोकका बुबा पूर्ण दर्जी, आमा ललिता दर्जी र विद्यालयका संचालक दिपक न्यौपानेबिच यस्तो सहमती भएको हो । अशोकलाई चाहिने सम्पुर्ण सामाग्री पनि स्कुलले नै उपलब्ध गराउने पनि सहमति भएको हो । यसैगरी अशोकसँगै उनका दुई जना बहिनीहरुलाई पनि १० कक्षासम्म पढ्ने बाताबरण स्कुलले मिलाउँने सहमती भएको छ । बहिनीहरुलाई भने झापामा नै रहेको विद्यालयमा पढाउँने सहमती भएको बेथेल एजुकेशन एकेडेमीका अध्यक्ष दिपक न्यौपानेले जानकारी गराएका छन् । आर्थिक अवस्था नाजुक भएका कारण नै अशोक र उनका बहिनीहरु स्कुल जान सकेका थिएनन् । उनीहरुलाई स्कुल लगाउने कार्यमा पत्रकार किसोर श्रेष्ठ, विवेक हिङमाङ, ममता राना, पूर्ण वाइवा लगायतले महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् । विभिन्न युटुव च्यानलहरुले अशोकको अन्तरवार्ता लिएको भएपनि उर्लाबारी फोकस टिभीका लागी पत्रकार किसोर श्रेष्ठ र विवेक हिङमाङले अन्तरवार्तासँगै अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रम गरेसँगै उनको चर्चा चुलीनुका साथै सहयोग जुट्न थालेको हो ।

    https://www.youtube.com/watch?v=s7psULMYCYA

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…