• झापा । इलामको रोङ गाउँपालिका – १ निवासी ८३ वर्षीया वृद्धा सामुहिक वलत्कारको शिकार भएकी छिन् । आइतवार राति ११ बजे घरमै आएका नचिनेका मानिसले उनलाई सामुहिक बलत्कार गरेको बताइएको छ । उनीहरुले वलत्कारपछि ती वृद्धाको जिब्रो काटिदिएका छन् ।
    बलत्कारपछि जिब्रो समेत काटिदिएपछि ती वृद्धालाई अचेत अवस्थामा उपचारका लागि झापाको बिर्तामोडस्थित एक अस्पतालमा सोमबार ल्याइएको छ । आइतवार रातिको घटना भएपनि भौगोलिक विकटताका कारण उनलाई सोमवार मात्रै अस्पताल ल्याइएको थियो । यता वृद्धा सामुहिक बलत्कारको सिकार भएपछि इलामको रोङ गाउँपालिका – १ का अध्यक्ष वुद्धिवहादुर ढकालसहितको प्रहरी अधिकृतको टोली समेत उनको स्वास्थ्य अवस्था वुझ्न अस्पताल पुगेको छ । अस्पतालका मेडिकल डाइरेक्टरका अनुसार वृद्धाको होस् आएको छ । उनको सोमवार राति नै जिब्रोको शल्यक्रिया गरिएको छ ।
    आर्थिक अभावका कारण आमाकोे उपचारमा समस्या भएको पीडितकी छोरीले बताएकी छिन् । यता जिल्ला प्रहरी कार्यालय इलामले घटनमा सम्लग्नको खोजी कार्य तीव्र बनाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक रमेश वस्नेतले प्रहरी निरीक्षकको टोली सोमवार नै घटनस्थल तर्फ गएको जानकारी दिए 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…