• भीमराज अधिकारी

    पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकाले दोस्रो नगर सभा हिजो सम्पन्न गरेको छ । हिउँदे अधिवेशनका रुपमा गरिएको नगर सभाले विभिन्न १० वटा निर्णयहरु पास गरेको आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

    नगरसभाले गरेका निर्णयहरुमा १ नम्बरमा प्रशासकीय कार्यलाई नियमित बनाउन प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४ को विधेकलाई सर्वसहमतले पारित गरेको छ । नगरपालिका भित्र आसपासमा पर्ने खोलाहरुमा वर्षातको समयमा बाढीले ठुलो जनधनको क्षति पु¥याउदै आएकाले नदि क्षेत्रको तट्बन्धका लागि संघिय र प्रदेश सरकारसंग माग गर्ने निर्णय गरेको छ । यस नगरको क्षेत्रभित्र पर्ने बक्राहा, डाँस मोरङ्गी र पथरी खेलामा तट्बन्धका लागि नगर सभाले माग गर्ने निर्णय गरेको हो ।

    यसैगरी रणनीतिक महत्त्वका सडकहरुमा जाँतेमोडबाट जाँते बजार हुदैँ धनकुटाको ६ नं. बुधबारे जोड्ने सडक कालोपत्रे, पथरी देखि रंगेली जोड्ने गान्धी मनमोहन मार्ग कालोपत्रे, पथरीको लोकतान्त्रिक चोक देखि किर्तिपूर हुदैँ सुनवर्षी नगरपालिका जोड्ने बुद्ध मार्ग कालोपत्रे, पथरी देखि हसन्दह हुँदै डायनिया जोड्ने पथरी डायनिया सडक कालोपत्रे, बक्राहा डाँस सडकमा पर्ने डासँ र बक्राहा खोलामा पक्की पुल निर्माण, कल्याण चोक किर्तिपूर कानेपोखरीको रमाइलो बजार जोडने सडक कालोपत्रे, वडा नं. २ देखि उर्लाबारीको मदन भण्डारी प्रतिष्ठान जोड्ने सु्नझोडा खेलामा पक्की पुल निर्माण, ववडा नं. १० को शिवालय मन्दिर देखि कानेपोखरी गाउपालिका जोड्ने मोरङ्गी खोलामा पक्की पुल र पथरी देखि सुन्दरी चोक हुदै सुनवर्षी नगरपालिका जोड्ने रजतजयन्ती मार्ग कालोपत्रे गर्ने योजना रहेको छ ।

    यसैगरी पर्यटन प्रवद्र्धनका लागि वडा नं. १० मा हाल भुटानी सरणार्थी सिवीर रहेको स्थानमा आदिवासी जनजाती राष्टिय प्रतिष्ठान निर्माण गर्न संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा माग गर्ने, वडा नं. १ मा पर्ने भुल्के जालपा देवी मन्दिर र आसपासको क्षेत्रलाई धार्मिक एवं साँस्कृतिक सर्वजातिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि संघीय र प्रादेशिक सरकारसंग माग गर्ने निर्णय पनि गरेको छ ।

    यसैगरी कृषि उत्पादनलाई व्यावसायीकरण गर्न उत्पादित सामग्रीको सुरक्षित भण्डारणका लागि १० मेट्रिकटन भन्दा बढीको शीत भण्डार स्थापना, खानेपानी र सिचाइको समस्या समाधानका लागि संघीय सरकारसंग माग गर्ने, दोहोरो स्वामित्व र अव्यवस्थीत बसोबासको समस्या समाधानका लागि संघीय भूमि व्यवस्थापन मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ ।

    नगरपालिकामा गठित न्यायिक समितिले २०७४ साउन देखि वैशाख १६ गते सम्म २३८ निवेदन दर्ता भएकामा १३७ निवेदन मेलमिलापको माध्यमबाट समाधान गरेको छ । नगरबाट सञ्चालन भएका अघिल्लो वर्ष सहितका गरी जम्मा ६२२ वटा योजना मध्ये १९५ वटा योजना फस्यौट भएका छन् । यसैगरी १७ वटा योजना भने शीर्षक परिवर्तन गरी सञ्चालनरत रहेका छन् भने उपभोक्ता साझेदारीमा ८ वटा योजना सञ्चालनमा रहेका छन् ।

    नगरले आर्थिक वर्षका लागि प्रकृतिक श्रोत गीटि, बालुवा उत्खन्न र निकासीका लागि पहिचान गरिएका नाकाहरुबाट उत्खन्न गर्न सकिने परिमाणको वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने तयारी गरेको छ । यसका लागि डांसखोलाको पशुपति वस्ती, ऐयावारी, त्रिवेणी, मलामी घाट, दहिधाप र झोलुङ्गे पुल र सुनझोडाको बाँसेचौरीलाइ पनि उर्लावारी नगरपालिकासंग संयुक्त रुपमा प्रभाव मूल्याङ्कन गर्ने निर्णय गरेको छ ।

    नगरका विकास निर्माणका योजना सहितका समग्र विषयमा पत्रकारहरुले सुझाव समेत राखेका छन् । प्रवक्ता गुरागाईंका साथै वडाध्यक्षहरु वावुराम एङ्देन, गोविन्दवहादुर भण्डारी र कपिलमणि ढकाल, कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र स्वास्थ्य संयोजक मुरारी आचार्यले सम्वन्धित विषयमा प्रष्ट्याउनु भयो ।

    नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा हिजो सम्पन्न नगरसभाले नगरपालिकाको प्रशासनिक कामलाई व्यवस्थित गर्न ऐन निर्माणका लागि प्रशासकीय कार्यविधि विधेयक पारित गरेको छ । नगर सभामा नगर प्रमुख राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेका साथै वडाध्यक्ष, विभिन्न विषयगत शाखा र विषयगत कर्मचारीहरुले नगरपालिकामा भएका योजना, गतिविधि र तिनीहरुको अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…