• पथरी,वैशाख १८
    संघिय क्रिकेट क्लबले वीरेन्द्रनगर क्रिकेट क्लब पथरीशनिश्चरे ३ को आयोजनामा संचालित मातामहालक्ष्मी विरेन्द्रनगर कप अण्डर १९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार भएको फाईनल खेलमा आईतबारे क्रिकेट क्लबलाई १२ रनले पराजित गर्दै संघियले उपाधि हात पारेको हो । 
    लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेल जितेको आईतबारे फाईनलमा भने राम्रो खेल्न सकेन । जितका लागि संघियले दिएको ९१ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको आईतबारे १२ ओभरमा मात्र ७८ रनमा समेटियो । आईतबारेका लागि कमल थापाले अविजित ३४ रन बनाउन बाहेक अन्य ब्याट्समेनले राम्रो प्रदर्शन गर्न सकेनन् । आइतबारेलाई सस्तैमा समेट्नका लागि संघियका संयोग लिम्बुले ४ ओभरमा २८ रन दिएर ५ विकेट लिए । लिम्बु फाईनल खेलको म्यान अफ द म्याच समेत घोषित भए । 
    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको संघियले १३ दशमलब ५ ओभरमा अल आउट हुँदै ९० रन बनाएको थियो । संघियका लागि सुजन लिम्बुले २६ र विवेक बजगाँईले १० रन बनाए । आईतबारेका प्रदिप अधिकारीले ५ विकेट लिए । 
    उपाधिसँगै संघियले नगद ६ हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता आईतबारेले नगद ४ हजार सँगै ट्रफी र प्रमाण पत्र प्राप्त गरे । त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्समेन आईतबारेका कमल थापा, उत्कृष्ट बलर संघियका संयोग लिम्बु र उत्कृष्ट फिल्डर पिपलचौकका मुरारी खनाल घोषित भए । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई क्लबका अध्यक्ष राजेश कुईकेलले पुरस्कार प्रदान गरे । 
     
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…