• सुरुङ्गा, झापा। प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नहुने बताएका छन्। म‌गलबार झापाको सदरमुकाम भद्रपुरमा आयोजित प्रथम जिल्ला सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्षसमेत रहेएका प्रधानमन्त्री ओलीले विद्यालय जान नपाएका सबै बालबालिकाको खोजी गरी विद्यालयमा ल्याउन जनप्रतिनिधिलाई निर्देशन दिए। प्रधानमन्त्री ओलीले कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस् भनेर आफूले नै कर्णाली पुगेर यो अभियान शुरु गरेको बताए। 

    “तपाईं गाउँ गाउँ गएर विद्यालय जान नपाएका बालबालिका खोजेर विद्यालयसम्म ल्याउनुहोस्,” प्रधानमन्त्री ओलीले भने, “अब कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनुहुँदैन।” 
    अपाङ्गता भएका बालबालिकालाई पनि सरकारले विशेष व्यवस्था गरेर शिक्षा लिने व्यवस्था सरकारले मिलाउने उनले बताए। “अब पनि बालबालिका विद्यालय जान पाएनन् भन्ने कुरा सुन्नु लाजमर्दो हो”, उनले भने, “जनप्रतिनिधिहरु, तपाईंहरु यो महिनाभर गाउँ गाउँ जानुहोस्, सबै बालबालिकालाई विद्यालयमा ल्याउनुहोस्।” उन्नति प्रगतिका लागि पहिलो खुड्किलो शिक्षा भएका कारण शिक्षा लिनबाट वञ्चित भए देशले उन्नति गर्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। 


    यसैबीच प्रधानमन्त्री ओलीले म‌गलबार नै चारपाने–चैतुबारी–मोतीगढ, साधुकुटी–घोडामारा–राजगढ सडकखण्डको स्तरोन्तिको शिलान्यास गरेका छन्। त्यस्तै उनले ग्रामीण सडक सञ्जाल आयोजनाअन्तर्गत निर्माण गरिएको लक्ष्मीपुर–साधुटार सडकखण्डको समेत उद्घाटन गरे। 

    उनले आफ्नो सम्बोधनमा भूमिहीनका नाममा जताततै जग्गा हडप्नेलाई सरकारले नछोड्ने दृढता व्यक्त गरे। 
    उनले म‌गलबार नै अर्जुनधारा नगरपालिका भएर बग्ने विरिङ खोलामा निर्माण गरिने पक्की पुलको शिलान्यास गरेका छन् भने ग्रामीण सडक सुधार योजनाअन्तर्गत पाडाजुँगी–झर्का, बालुवथान–चप्रामारी, खजुरगाँछी सडकको स्तरोन्नतिको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

    प्रधानमन्त्री ओली म‌गलबार र बुधबार झापामा बस्ने कार्यक्रम रहेको छ। झापामा रहँदा उनले विभिन्न विकास योजनाको उद्घाटन, शिलान्यास र बुधबारदेखि प्रधानमन्त्रीको गृह नगर दमकमा शुरु हुने दमक गोल्डकप फुटबलको उद्घाटन गर्ने बताइएको छ। 

    प्रधानमन्त्री ओली बुधबार आफ्नै गृहनगर दमकमा हुने झण्डै आधा दर्जन कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। दमक नगरपालिकाले घोषणा गरेको धिमाल जातिको प्रतिमाको उद्घाटन गर्ने कार्यक्रम छ भने दमक–१ मा खानेपानी योजनाको समेत उद्घाटन गर्दै छन्। यसैगरी, प्रधानमन्त्री ओलीले दमकको मुख्य बजार क्षेत्रमा निर्माण गरिएको नमूना बजारको समेत उद्घाटन गर्नेछन्। 

    कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, युवा तथा खेलकूद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राई थिए। रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…