• काठमाडौं। बैशाख ९ मा कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नै पार्टी एकता गर्ने तयारी गरेका एमाले र माओवादी केन्द्रबीच अन्तर्राष्ट्रिय मजदुर दिवसमा पनि एकता हुन सकेन। माओवादी अध्यक्ष पुष्पकमल दाहालले नतोकिएको मितिमा र छिट्टै एकता हुने सार्वजनिक अभिव्यक्ति दिएपछि बैशाख १८ मा दुई दलबीच एकता हुने अनुमान थियो।

    दुई दलबीच हुने भनिएको एकता लम्बिँदै जाँदा यी दलबीच विश्वास र सहमति भन्दा पनि अविश्वास बढ्दै जान थालेको छ।  एकता प्रक्रियामा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच चरण चरणमा एक्ला एक्लै वार्ता पनि त्यसले सकारात्मक माहोल निर्माण गर्न सकेको छैन्।

    दुई दलबीच एकताकालागि गठिन कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाइसकेको छ। अधिकांश विषयमा सहमति जुटाएको कार्यदलले मिल्न बाँकी विषयमा सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई दिएको छ। सोही विषयमा सहमति जुटाउन ओली र दाहालबीच पटक पटक छलफल हुँदै आएपनि त्यो साकारात्मक हुन सकेको छैन। 

    पार्टी एकता गर्नुअघि नै आलोपालो सरकार सञ्चालन, पार्टीमा कार्यकारी भूमिका, समान हैसियतमा पार्टी एकता हुनुपर्ने माओवादी केन्द्रले अडान राखेको छ भने एमालेले निर्वाचनअघि टिकट वितरण र हैसियतअनुसार पार्टी एकता गर्नुपर्नेमा जोड दिँदै आएको छ। ओली र प्रचण्डबीच पद बाँडफाँडमा कुरा मिले पनि समान हैसियत, सरकारमा आलोपालो, समान हैसियतमा पार्टी एकता गर्ने विषयमा कुरा मिल्न सकेको छैन।

    दर्जनौंपटक भएको वार्ता र छलफलमा अडान राख्ने मात्र काम हुँदै आएको प्रचण्डका सचिवालयका एक सदस्य बताउँछन्। ओली र प्रचण्डले पार्टी एकता हुने दाबी गर्दै आएका छन्। एकता प्रक्रियाबाट पछाडि फर्किने विकल्प नै नभएको बताए पनि पार्टी एकता गर्ने जिम्मेवारी पाएका ओली र प्रचण्डको बीचमा पछिल्लो समयमा आशंका र अडानका कारण वार्ता फलदायी हुन सकेको छैन। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…