• विराटनगर : विमानस्थलबाट गायब भएको साढे ३३ किलो सुन तस्करी र उर्लाबारीका सनम शाक्य हत्याको आरोपमा पक्राउ परेका प्रहरी अधिकारीसहित २८ जनाकोे अनुसन्धान पूरा गरेपछि प्रहरीले बुधबार मोरङ अदालतमा मुद्दा दर्ता गर्ने भएको छ। प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि उनीहरूको मंगलबार साँझसम्ममा अभियोग पत्र तयार पारी तीन प्रकारको मुद्दा दर्ता गर्ने भएको हो।  शाक्यको हत्याको आरोप र सुन तस्करी प्रकरणमा पक्राउ पर्नेहरूलाई मानव अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा मुद्दा चलाउने मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए।  सरकारी वकिलको कार्यालयले फरार रहेका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ। सुन तस्करीलाई सहयोग गरेको आरोपमा पक्राउ परेका ६ प्रहरी अधिकारी र नेपाल एयरलाइन्स, थाइ एयरलाइन्सका कर्मचारी गरी १३ जनालाई संगठित अपराधमा मुद्दा दर्ता हुनेछ।

    शाक्यको शवसहित पक्राउ परेका तीन जना र केहीलाई कर्तव्य, संगठित अपराध तथा मानव अपहरण मुद्दा दर्ता गर्ने तयारी रहेको स्रोतले बताएको छ। पक्राउ परेर प्रहरी हिरासतमा रहेका पूर्व डीआईजी गाविन्द निरौला, बहालवाला डिएसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णुबहादुर खड्कालाई संगठित अपराधमा मुद्दा दर्ता गर्ने स्रोतको भनाइ छ। त्यस्तै एयरलाइन्सका कर्मचारी सम्बीरप्रसाद तोलाङ्गे, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, कपिलराज पुरी, हेमन्त गौतम, पुण्यप्रसाद लामा, एलबी मगर, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु र राजन थापासमेत सोही मुद्दा दर्ता गर्ने बताइएको छ । 

    त्यसैगरी शनम शाक्यको शवसँगै पक्राउ परेका मोहन काफ्ले,  नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, हत्यामा संलग्न लाक्पा शेर्पालाई कर्तव्य ज्यान, संगठित अपराध तथा मानव अपहरणमा  मुद्दा दर्ता गर्ने बताइएको छ। पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, भारतीय व्यापारी चाचाजी भन्ने महावीर गोयल, मदन घिमिरे, राजेन्द्र शाक्य र राजकुमार समेत संगठित अपराधमा मुद्दा गर्ने भएको छ। विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती नेतृत्वको समूहले शाक्यलाई करेण्ट लगाएर फागुन १८ गते हत्या गरेको थियो। शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो। सुन तस्करी र शाक्यको हत्याको आरोपमा पक्राउ पर्ने आइतबारसम्म २८ जना पुगेका छन्। उनीहरू सबै अहिले मोरङ प्रहरीको हिरासतमा छन्। 

    एसएसपी लोहनीको बयान यसैबीच साढे ३३ किलो सुन काण्डमा बयानका लागि बहालवाला एसएसपी दिवेश लोहनी मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आइपुगेका छन्। छानबिन समितिले एसएसपी लोहनीलाई पत्र काटेको भोलिपल्ट मंगलबार दिउँसो मोरङ कार्यालय आइपुगेका हुन्। घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय बोलाएको थियो।
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…