• काठमाडौँ। महानगरिय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् ।

    साढे ३३ किलो सुन काण्डमा बयान दिन मोरङ पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई पक्राउ पूर्जी थमाउँदै पक्राउ गरिएको जनाइएको छ ।  केही दिन अघि साढे ३३ किलो सुन काण्डमा बयानको लागि छानबिन समितिले एसएसपी दिवेश लोहनीलाई पत्र काटेको थियो । 

    घटनाको अनुसन्धान गर्न गठित समितिले उनलाई बयानका लागि आज बुधबार जिल्ला प्रहरी कार्यालय, मोरङ बोलाएको थियो । यसअघि सुनकाण्डमा ६ जना प्रहरीलाई नियन्त्रणमा लिई उच्चस्तरीय छानविन समितिले अनुसन्धान गरिरहेको छ । उक्त समितिलाई सरकारले गठन गरेको हो । 

    गत माघको पहिलो साता त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको ३३ केजी सुन काण्डसँगै तीन जनाको शंकास्पद मृत्युले यो प्रकरण धेरै रहस्यमय बन्दै गएको छ । तर यस काण्डका मुख्य तस्कर चूडामणि उप्रेती (गोरे) भने अझै फरार छन्। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…