• विराटनगर । ७ जना प्रहरी अधिकारीसहित ६३ जना विरुद्ध साढे ३३ किलो सुन तस्करी विरुद्ध जिल्ला अदालतको कार्यालय मोरङमा मुद्दा दर्ता भएको छ । सरकारी वकिल पुण्यप्रसाद पाठकका अनुसार २९ जना अदालतमा उपस्थित गराइएको छ भने अन्यलाई फरारको सूचीमा राखिएको छ ।

    सरकारले ‘अपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार अपहरण तथा शरिर बन्धक र कर्तव्य ज्यान मुद्दा’ नाम दिएर मुद्दा दर्ता गरेको हो । जिल्ला अदालत मोरङमा दिउँसो २९ जनालाई उपस्थित गराइएको थियो ।

    बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी र सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध मुद्दा दर्ता भएको छ ।

    त्यस्तै एयरलाइन्सका कर्मचारी सम्बीरप्रसाद तोलाङ्गे, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, बालकृष्ण श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ, कपिलराज पुरी, हेमन्त गौतम, पुन्यप्रसाद लामा, एलबी मगर, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु र राजन थापासमेत सोही मुद्दा दर्ता भएको छ । मोहन काफ्ले, नरेन्द्र कार्की, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा पनि पक्राउ परेका छन् । पक्राउ परेका राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, भारतीय व्यापारी चाचाजी भन्ने महाविर गोल्याल, मदन घिमिरे, राजेन्द्र शाक्य र राजकुमारलाई समेत सोही मुद्दा लागेको छ ।

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले उर्लाबारीका सनम शाक्यलाई करेण्ट लगाएर फागुन १८ गते हत्या गरेको थियो । शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…