• इटहरी/ नेपालमै पहिलो पटक भैसी सुन्दरी प्रतियोगिता इटहरीमा हुने भएको छ । पूर्वी नेपालमा मनाउँदै आएको आदिवासी समुदायको वर्षेनी मनाउँने सिरुवा पर्व महोत्सवमा किसानहरुलाई उत्साहित गर्ने उदेश्यले भैसी सुन्दरी प्रतियोगिता गर्ने लागेको हो ।

    वातावरण तथा पर्यावरण संरक्षण केन्द्र नेपाल इटहरीले किसानहरुलाई लक्षित गरि इटहरी- २ हवाई चौकमा बैशाख २८ र २९ गते हुने महत्सव अन्तरगत २९ गते भैसी सुन्दरी प्रतियोगिता हुने छ । किसानहरुले पालेको भैसी कसको कति राम्रो छन् भन्ने उदेश्यको साथ प्रतियोगिता गर्न लागेको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले वताए । हामीले किसानहरुलाई उत्साहित गर्ने भैसी सुन्दरी प्रतियोगिता गर्ने लागेका हुँ दाहालले भने ।

    कृषि प्रधान देशका किसानहरु अहिले पनि निरुत्साहित भईरहेको अवस्थामा यस्ता रचानात्मक कार्यक्रमले केहि हौसाला मिल्छकी भनेर प्रतियोगिता राखेको दाहालको भनाई छ । खुल्ला प्रतियोगिता भएको कारण जहाँबाट पनि भैसीलाई सहभागी गराउँन सकिने आयोजक संस्थाको अध्यक्ष दाहालले भने । प्रतियोगितामा प्रथम हुने भैसीले ११ हजार नगद पाउँने छन् भने द्धितिय हुने भैसीले नगद ५ हजार,तृतिय हुने भैसीले ३५ सय र सांतवना हुने भैसीले २५ सय नगद पाउँने छन ।

    भैसी पाल्नेहरुको संख्या गाउँमा पनि हराउँदै गएको कारण किसानहरुलाई हौसला हुने र राज्यलाई यस्ता कार्यक्रम गर्नु पर्छ भनेर देखाउँन पनि कार्यक्रम गरीएको हो उनले भने ।  प्रतियोगितामा पशु विशेषज्ञ र डाक्टरहरुलाईले निर्णय गर्ने छन् । प्रतियोगितामा आएको भैसीको निशुल्क बिमा समेत हुने आयोजकले जनाएको छ । सफा सुगर र निरोगी भैसीलाई छनोट गरिने छ ।

    पछिल्लो समयमा सुन्दरीहरुको विभिन्न प्रतियोगिता भईरहे पनि किसानहरु भैसी पाल्नमा उत्साहित नदेखिएको कारण सरकारले किसानहरुलाई उत्साहित गर्ने यस्ता कार्यक्रम आवश्यक रहेको भन्दै आगामी दिनहरूमा यो कार्यक्रम सरकारले गर्नु पर्ने बताए । हामीले किसानहरुको व्यथा बुझ्न सरकारलाई ध्यान आर्कषण गराउँन नेपालमै पहिलो पटक प्रतियोगिता गदै छौँ उनले भने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…