• इनरुवा, १९ बैशाख । भारतीय सीमावर्ती बजारबाट सुनसरी सदरमुकाम इनरुवा सहित सिमा क्षेत्रका नेपाली बजार आउने सवारी साधनहरूले यहांँबाट डिजेल भरेर लैजाने गरेको पाईएको छ  । जसका कारण सुनसरीका ग्रामिण क्षेत्रमा इन्धनको अभाव हुने गरेको छ ।

    भारतको तुलनामा नेपालमा इन्धन सस्तो भएका कारण भारतर्फ तस्करी हुने गरेको हो  । नेपालमा डिजेल २० रुपैयाँ र पेट्रोल १० रुपैयाँ सस्तो पर्छ । सीमावर्ती बजारबाट दैनिक सयौंको संख्यामा साना सवारी साधनहरू जिप तथा कारहरू आउने गर्छन् ।

    हरेक दिन बिहान भन्सारमा नेपाल भित्रिने सवारी साधनको लर्काे लागेको देखिन्छ  । तीमध्ये अधिकांशले डिजेल नेपालमै भरेर जान्छन् । एक गाडीमा ३० देखि ४० लिटर सम्म अटाउँछ  । सुनसरीबाट दिनमा २ र ३ हजार लिटर बढी डिजेल भारततिर तस्करी हुने गरेको छ ।

    ‘केही गाडीहरू डिजेल भर्नकै लागि समेत यहाँसम्म आउँछन,’ इनरुवाका एक पेट्रोल पम्पका कर्मचारीले भने, ‘कतिपय यहीं काम गर्ने र साँझ फर्किने बेला भरेर जाने गर्छन् ।’ यतिबेला कृषकलाई मकैं गहुँबाली भित्र्याउने चटारो छ ।

    स्थानीय तहहरूले सडक तथा अन्य विकास निर्माणका काममा पनि तीव्रता दिएका छन् । जसका कारण यहाँ इन्धनको माग बढी भएको छ । तर आवश्यकता अनुसार आयल निगमबाट इन्धन नपाउँदा अभाव देखिएको छ ।

    कतिपय भारतीय नम्बरका जिप कारहरू नेपालीहरूले नै चलाउने गर्छन् । यहांँ चल्ने आधाभन्दा बढी गाडीहरू पनि भारतीय नम्बरकै छन् । ती जिप र कार दिनभरि यतै नेपालमा चलाएर सांँझ मात्रै फर्किन्छन् ।

    ‘१५ र २० गाडीले डिजेल भरेर लैजान्छन्,’ नाम प्रकाशित नगर्ने शर्तमा इनरुवाका एक आयल सेन्टरका कर्मचारी भने, ‘एउटै पेट्रोल पम्पबाट दैनिक ५ र ६ सय लिटर डिजेल जाने गर्छ ।’ मालवाहक ट्रक तथा अन्य ठूला खालका सवारी साधन पनि यहींबाट डिजेल भरेर जाने गरेको पाइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…