• " हिजो नेपाल बन्द भएर आज गाडी भिड हुन्छ ,नजादा हुदैन ??" भन्दै ममि कराउँदै हुनुन्थ्यो , तर ममिको कुरा नसुनी हतार हतार तयारी भइरहेकि थिए । ८ बजि सक्या थियोे जागीर को लागि अन्तरबार्ता दिन 10 बजे जसरी भएपनि पुग्नुथियो ,म सामान्य कुर्ता सरुवाल लगाएर झोलामा चाइने कागजात बोकेर गाडी चढनु रोड तर्फ लागे । मनमा धेरै कुरा खेलिरहेको थियो , करिब आधा घन्टाको पर्खाइ पछी बल्ल म जाने ठाउको गाडी हर्न बजाउदै आइपुग्यो ,साच्ची नै कति भिड थियो गाडी तर बाध्यताले गर्दा त्यही गाडी हतार हतार चढिहाले । गाडीभित्र खुट्टा टेकने ठाउ पनि थिएन झन सिट पाउने आशा नै थिएन , एकदम गाह्रो भइरहेको थियो ।त्यतिकैमा "बहिनी म ओर्लिने बेला भयो अनि यहाँ बस्नु है " भन्दै म उभिएको नजिकको सिट बाट एउटि दिदीले हास्दै भनिन ,म पनि सिट पाउने आशले त्यहि उभिरहे ।

    केहिबेरमै सिट खाली भयो म बस्न खोज्दै थिए ," दिदी म पनि बसछु नि " भन्दै मेरो पछी उभिएकी बहिनी डराएको अनुहार लिएर भनिन ,मैले बस्नदिए, लामो सास फेर्दै बहिनी सिटमा बसिन , " बल्ल आराम भयो है बुनु " भन्दै हास्दै जिस्काए । गाडीमा झन भिड बढीरहेको थियो , एकदम गाह्रो भएर होला अन्तरबार्ताको कुनै ध्यान नै थिएन । गाडी गुडिरहेको थियो, हल्ला बढीरहेको थियो , यत्तिकैमा कम्मर वरिपरि हातहरु सल्बलाए मैले हत्तपत्त हातहरु हटाए तर पछाडि फर्केर हेरने अवस्था नै थिएन भिडले गर्दा अन्जानमा होला भनी उभिरहे। फेरिपनि त्यसरीनै जिउ तिर हातहरु सल्बलाए फेरि हातहरु हत्तपत्त हटाएर बल्ल तल्ल पछाडि फर्केर हेरे ,एउटा अधबैसे पुरुष मुसुक्क हास्यो ,मौन भएर अलिक अगाडि सरे तर त्यो पुरुष झन मसङै टासिदै आयो ,,मनमा चिसो भयो डर अनि रिस पनि उठिरहेको थियो बल्ल थाहा पाए त्यो बहिनी किन डराएको रहेछ भनी । कुरा सुन्ने कोहि थिएनन भिडको त्यो दर्द्नाक अवस्थाले गर्दा, झगडा गर्ने समय र परिवेश पनि थिएन मलाई अन्तरबार्ताको लागि समय थिएन । बहिनी म पनि बस्नुपर्‍यो थाके उभिएर भन्दै त्यो बहिनीलाई काखमा राखेर सिटमा बसे ,त्यो बहिनीले एकोहोरो हेरिरहिन,फर्किएर त्यो पुरुषलाई हेर्न आट पनि गरिन, अझै मुटु कापिरहेको थियो , अन्य ठाउ मात्र नभएर गाडीमा पनि नारीको पिडा छटपटिएको रहेछ , सबै पुरुषप्रती घिन पलायो ,तपतप आँसु झर्यो मैले हत्तपत्त पुछ्नुथाले , नारी जुन ठाँउमा नि पिडा त्रास र डर मै बाच्नुपर्ने रहेछ भन्दै टाेलाइरहे ।

    यत्तिकैमा गाडी घच्चक रोकियो ," दिदी जाने होइन " भन्दै काखबाट झरिन म पनि अन्तिममा ओर्लिए , " दिदी त्यो मान्छेले हजुरलाई पनि त्यस्तै गर्यो हो" कोट्याउदै सोधिन ,म केही बोल्न सकिन ,चारैतिर नजर दौडाए त्यो मान्छेलाई कतै देखिन । 10:00 बज्न लाग्याथियो हतार हतार सिटिमा चढि मनमा त्यही कुरा सम्झिदै आफ्नो गन्तव्य तिर लागे।।।

    अस्मिता भट्टराई लघु कथा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…